झापाको अर्जुनधारा–४ रातेखालमा आगलागी, ७ लाखको क्षति

झापा, १२ फागुन । झापाको अर्जुनधारा नगरपालिका–४ रातेखोलामा आज सोमवार बिहान आगलागी भएको छ । अर्जुनधारा–४ रातेखालका ६० बर्षिय लीलाबहादुर कटुवालको काठ र जस्ताको छानो भएको एक तल्ले भान्छा घरमा आगलागी भएको हो । आज बिहान ६ः३० बजेको समयमा आगलागीबाट भान्छा कोठा भित्र रहेको अन्नपात, भाडा वर्तन, काठपात पूर्ण रुपमा जलेर नष्ट हुँदा ७ लाख [...] The post झापाको अर्जुनधारा–४ रातेखालमा आगलागी, ७ लाखको क्षति appeared first on Jhapa Online.

Feb 24, 2025 - 05:31
 0
झापाको अर्जुनधारा–४ रातेखालमा आगलागी, ७ लाखको क्षति

झापा, १२ फागुन । झापाको अर्जुनधारा नगरपालिका–४ रातेखोलामा आज सोमवार बिहान आगलागी भएको छ ।

अर्जुनधारा–४ रातेखालका ६० बर्षिय लीलाबहादुर कटुवालको काठ र जस्ताको छानो भएको एक तल्ले भान्छा घरमा आगलागी भएको हो ।

आज बिहान ६ः३० बजेको समयमा आगलागीबाट भान्छा कोठा भित्र रहेको अन्नपात, भाडा वर्तन, काठपात पूर्ण रुपमा जलेर नष्ट हुँदा ७ लाख रुपैयाँ मूल्य बराबरकोे क्षति भएको प्रहरीले जनाएको छ ।

उक्त आगो प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोली, दमकल र स्थानियको सहयोगमा ७ः१० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको छ । आगलागी सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post झापाको अर्जुनधारा–४ रातेखालमा आगलागी, ७ लाखको क्षति appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register