चिन्मय कृष्ण दासको जमानत याचिका खारेज

काठमाडौं । बङ्गलादेशका हिन्दू समुदायका चर्चित अनुहार र इस्कॉन मन्दिरसँग सम्बद्ध चिन्मय कृष्ण दासको जमानतको निवेदन खारेज भएको छ । चटगाउँको एक स्थानीय अदालतले निवेदन खारेज गरेको बीबीसी बङ्गलाले जनाएको छ । दासविरुद्ध बङ्गलादेश दण्ड संहिताको धारा १२० (बी), १२४ (ए), १५३ (ए), १०९ र ३४ अन्तर्गत देशद्रोहको मुद्दा दर्ता गरिएको छ । उनीमाथि २५ […]

Jan 2, 2025 - 11:20
 0
चिन्मय कृष्ण दासको जमानत याचिका खारेज

काठमाडौं । बङ्गलादेशका हिन्दू समुदायका चर्चित अनुहार र इस्कॉन मन्दिरसँग सम्बद्ध चिन्मय कृष्ण दासको जमानतको निवेदन खारेज भएको छ ।

चटगाउँको एक स्थानीय अदालतले निवेदन खारेज गरेको बीबीसी बङ्गलाले जनाएको छ ।

दासविरुद्ध बङ्गलादेश दण्ड संहिताको धारा १२० (बी), १२४ (ए), १५३ (ए), १०९ र ३४ अन्तर्गत देशद्रोहको मुद्दा दर्ता गरिएको छ ।

उनीमाथि २५ अक्टोबरमा चटगाउँको न्यू मार्केट क्षेत्रमा बङ्गलादेशको राष्ट्रिय झण्डाको अपमान गरेको आरोप छ । शेख हसिना सरकारको पतनपछि अल्पसङ्ख्यकमाथि आक्रमण बढेको आरोप लगाइएको छ ।

दासले अल्पसङ्ख्यकमाथि भएको कथित आक्रमणको विरोधमा धेरै प्रदर्शनमा भाग लिएका थिए ।

को हुन् चिन्मय कृष्ण दास ? जसको आवाज दबाउन देशद्रोहको आरोपमा जेल पठाइयो

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register