लमजुङमा दुई वर्षमा १५ हजार बढीले लिए नि:शुल्क सेवा

लमजुङ । लमजुङको सुन्दरवजार स्थित नमुना सामुदायिक अस्पतालले दुई वर्षको अवधीमा १५ हजार बढिलाई निशुल्क सेवा प्रदान गरेको छ । मानव विकास तथा सामुदायिक सेवा एचडिसिएसले अंग्रेजी पात्रो अनुसार २०२३ को जनवरीदेखि नमुना सामुदायिक अस्पताल व्यवस्थापन जिम्मा लिई सेवा प्रवाह शुरु गरेको थियो । उक्त समयदेखि २०२४ को अन्तसम्म १५ हजार नौ सय चार जनाले […]

Jan 2, 2025 - 11:10
 0
लमजुङमा दुई वर्षमा १५ हजार बढीले लिए नि:शुल्क सेवा

लमजुङ ।

लमजुङको सुन्दरवजार स्थित नमुना सामुदायिक अस्पतालले दुई वर्षको अवधीमा १५ हजार बढिलाई निशुल्क सेवा प्रदान गरेको छ ।

मानव विकास तथा सामुदायिक सेवा एचडिसिएसले अंग्रेजी पात्रो अनुसार २०२३ को जनवरीदेखि नमुना सामुदायिक अस्पताल व्यवस्थापन जिम्मा लिई सेवा प्रवाह शुरु गरेको थियो ।

उक्त समयदेखि २०२४ को अन्तसम्म १५ हजार नौ सय चार जनाले निशुल्क सेवा लिएको अस्पतालले जनाएको छ ।
त्यसै गरी अस्पतालबाट ३० हजार बढि विरामीलाई उपचार सेवा दिएको छ । ३० हजार चारसय १७ जना विरामीहरुलाई बहिरंग सेवा प्रवाह गरेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जनाकारी दिनुभयो ।

सो मध्ये अस्पतालले दुईहजार तीनसय ५८ जना विरामीहरुलाई अन्तरंग सेवा प्रवाह गरेको जनाएको छ । अस्पतालमा आएका विरामी मध्ये पाँचहजार चारसय ९४ जनालाई आकस्मिक सेवा प्रदान गरेको अस्पताल प्रमुख श्रेष्ठको भनाई छ । त्यसैगरी अस्पतालमा १४ हजार चारसय ३५ जनाले ल्याव सेवा लिएका छन् भने सातहजार एकसय ५७ जनाले एक्सरे सेवा, चारहजार दुईसय ४२ जनाले भिडियो एक्सरे सेवा र एकहजार पाँचसय ५९ जनाले इसिजी सेवा लिएका छन् ।

अस्पतालका अनुसार दुई वर्षको अवधीमा ४२ जनाले प्रसुती सेवा लिएका छन् । जसमध्ये एउटा जटिल प्रकारको सुत्केरी उपचार सेवा भएको छ भने ३३ वटा सामान्य सुत्केरी सेवा दिएको अस्पताल प्रमुख श्रेष्ठले बताउनुभयो । प्रसुती सेवा अन्तर्गत आठ जनालाई शल्यक्रिया सेवा प्रदान गरिएको थियो ।

त्यसैगरी नमुना सामुदायिक अस्पतालमा दुई वर्षको अवधीमा ६ हजार एकसय ८१ जनाले दन्त सेवा लिएका छन् भने ३७ जनाले खोप सेवा लिएका छन् । अस्पतालमा भएको शल्यक्रिया सेवा अन्तर्गत दुईहजार सातसय ७० जनाको सामान्य शल्यक्रिया भएको थियो भने २० जनाको जटिल प्रकारको शल्यक्रिया भएको अस्पतालले जनाएको छ । सो बाहेक नौसय १९ जनालाई फिजियो थेरापी सेवा दिएको पनि अस्पतालले जनाएको छ ।

त्यसैगरी अस्पतालले दुई वर्षको अवधिमा विभिन्न विकट गाउँहरुमा पुगेर १० वटा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ । ग्रामिण भेगमा आयोजना भएका निशुल्क स्वास्थ्य शिविरबाट ६ हजार आठसय २० जना लाभान्वित भएको अस्पतालले जनाएको छ ।

अस्पतालले विभिन्न समुदाय एवं टोलहरुमा पुगेर १८ वटा स्वास्थ्य सचेतना कार्यक्रम समेत गरेको जनाएको छ । सो बाहेक विभिन्न स्थानिय तह अन्तर्गतका १५ वटा विद्यालयहरुमा पनि स्वास्थ्य सम्वन्धी सचेतनामुलक कार्यक्रम गरेको अस्पताल प्रमुख श्रेष्ठले बताउनुभयो । नमुना सामुदायिक अस्पताल सञ्चालनको जिम्मा लिएको एचडिसिएसले अघिल्लो वर्षको पुसदेखि अस्पतालमा औपचारिक रुपमा सेवा प्रवाह शुरु गरेको हो । एचडिसिएसले ३० वर्षका लागि अस्पताल व्यवस्थापन गर्नेगरी सोहि वर्षको कार्तिकमा सम्झौता गरेको थियो ।

अस्पतालमा यसअघि भएका संरचनामा आवश्यक सुधार गरी विभिन्न रोगसँग सम्बन्धीत विशेषज्ञ सेवा र विभिन्न प्रकारको मेडिकल उपकरण समेत व्यवस्थापन गरी सेवा प्रवाह गर्दै आएको अस्पतालले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register