घर भाडामा लिएर अनलाइन जुवा, डेढ अर्बभन्दा बढीको कारोबारपछि १३ जना पक्राउ

काठमाडौं । डेढ अर्बभन्दा बढीको अनलाइन जुवा खेलाउने १३ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई बुढानीलकण्ठबाट पक्राउ गरेको हो । प्रहरीकाअनुसार उनीहरूले १ अर्ब ६४ करोड रूपैयाँ बराबरको अनलाइन जुवा खेलाएको पाइएको छ । जुवा खेल्ने खेलाउन काम भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले बुढानीलकण्ठ नगरपालिका-६ बाट १३ जना भारतीयलाई पक्राउ […]

Feb 18, 2025 - 11:09
 0
घर भाडामा लिएर अनलाइन जुवा, डेढ अर्बभन्दा बढीको कारोबारपछि १३ जना पक्राउ

काठमाडौं । डेढ अर्बभन्दा बढीको अनलाइन जुवा खेलाउने १३ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई बुढानीलकण्ठबाट पक्राउ गरेको हो । प्रहरीकाअनुसार उनीहरूले १ अर्ब ६४ करोड रूपैयाँ बराबरको अनलाइन जुवा खेलाएको पाइएको छ ।

जुवा खेल्ने खेलाउन काम भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले बुढानीलकण्ठ नगरपालिका-६ बाट १३ जना भारतीयलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अजय कुमार, मोहम्मद चाँद, जय कुमार, मोहम्मद वासिम छन् । यस्तै, यही कसुरमा रियाज अहमद, मोहम्मद सानबाज, जमालउद्धिन शेख, मोहम्मद हमिद रजा, मोहम्मद ओवास र अनिश कुमार छन् ।

पक्राउ पर्ने १२ जना भारतको बिहार राज्यका बासिन्दा रहेको प्रहरीले जनाएको छ । यस्तै, चौधरी भने राजस्थानका हुन् ।

उनीहरूले घरभाडामा लिएर जुवा खेलाइरहेका थिए । पक्राउ परेकालाई मुलुकी अपराधसंहिता र विदेशी विनिमय नियमन गर्ने ऐन २०१९ बमोजिम कारबाही हुने प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register