ऋण उठाउन गएका बैंकका कर्मचारी मार्न खोज्नेलाई अभद्र व्यवहारको मात्र मुद्दा, आरोपित फरार !

काठमाडौँ । एनआईसी एशिया बैंकका कर्मचारी मार्ने प्रयास भएको तीन हप्ता बित्दा पनि आरोपित अझै पक्राउ परेका छैनन् । ऋण असुलीका लागि जाँदा ऋणीले उल्टै पेट्रोल खनाएर बैंकका दुई जना कर्मचारी मार्ने प्रयास गरेको तीन हप्ता बित्दा पनि आरोपित पक्राउ नपरेका हुन् । आरोपितहरु अझै पक्राउ नपरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रवक्ता तथा प्रहरी निरीक्षक […]

Jan 6, 2025 - 03:17
 0
ऋण उठाउन गएका बैंकका कर्मचारी मार्न खोज्नेलाई अभद्र व्यवहारको मात्र मुद्दा, आरोपित फरार !

काठमाडौँ । एनआईसी एशिया बैंकका कर्मचारी मार्ने प्रयास भएको तीन हप्ता बित्दा पनि आरोपित अझै पक्राउ परेका छैनन् । ऋण असुलीका लागि जाँदा ऋणीले उल्टै पेट्रोल खनाएर बैंकका दुई जना कर्मचारी मार्ने प्रयास गरेको तीन हप्ता बित्दा पनि आरोपित पक्राउ नपरेका हुन् ।

आरोपितहरु अझै पक्राउ नपरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रवक्ता तथा प्रहरी निरीक्षक बिनोद श्रेष्ठले पुष्टि गरेका छन् । 

उक्त घटनाबारे प्रहरीमा निवेदन परेको र सोही निवेदनका आधारमा मुद्दासमेत दर्ता भइसकेको बताउँदै प्रहरी निरीक्षक श्रेष्ठले आरोपित भने पक्राउ नपरेको बताएका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै श्रेष्ठले आरोपितविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइएको बताएका छन् । ‘अभद्र व्यवहारको मुद्दा दर्ता भएको छ । तर, मान्छे पक्राउ परेका छैनन् ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै श्रेष्ठले भने, ‘अब मान्छे पक्राउ परेपछि मात्रै पेशी लिने हो । अहिले सो मुद्दा पेन्डिङमा छ ।’ 

यसो त बैंकका कर्मचारीले सुरुमा प्रहरीमा दिएको निवेदनमा ज्यान मर्ने उद्योगको कसुर भएको भन्दै आरोपितलाई कारवाहीको माग गरिएको छ । तर, हाल प्रहरीले भने उक्त घटनामा आरोपितविरुद्ध अभद्र व्यवहारको मात्र मुद्दा चलाएको छ । यस्तो किन भयो ? भन्ने हाम्रो प्रश्नमा प्रहरी निरीक्षक श्रेष्ठले जाहेरीकर्तासँगको सल्लाह अनुसार नै आरोपितमाथि अभद्र व्यवहारको मुद्दा चलाइएको बताएका छन् । 

‘ज्यान मार्ने उद्योगमा जाहेरी परेको भए पनि हामीले पछि उहाँसँग सल्लाह गर्यौं । ज्यानै मार्ने इन्टेन्सन्मोटिभले त्यहाँसम्मको घटना पुग्न सक्दैन भनेपछि उहाँहरुसँगको सल्लाहकै आधारमा अभद्र व्यवहारको मुद्दा चलाएका हौँ ।’ 

भएको के हो ? 
एनआईसी एशिया बैंकको महागढीमाई शाखाबाट ऋण लिएका नारायण सहनीको किस्ता अनियमित भएपछि गत पुष ४ गते बैंकको महागढीमाई शाखाका शाखा इन्चार्ज विकास श्रेष्ठ र एक्सपिरियन्स एंकर जयदीप कुशवाहा कानून अनुसार धितो सम्पत्ति लिलाम बिक्री गर्ने कारवाही अघि बढाउन गरुडा नगरपालिका-३ मलाही टोल पुगेका थिए । तर, कानून अनुसार प्रक्रिया अघि बढाउन पुगेका उनीहरुमाथि ऋणी समूहले दुर्व्यवहार गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ ।

अझ यतिसम्म कि बैंकका कर्मचारीमाथि पेट्रोल खन्याएर ज्यान मार्ने प्रयास गरेको पनि जाहेरीमा उल्लेख छ ।

बैंकका कर्मचारीहरुले घटनाको प्रमाणस्वरुप घटनाको समयको भ्वाइस रेकर्ड र शाखा इन्चार्जको घटना स्थलमा पेट्रोल लागेको ज्याकेट पनि प्रहरीमा बुझाएको बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register