‘व्यवसायी राहत कोष’ मा विन्दलको २१ हजार

बिर्तामोड, २२ पुस । नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष तथा बिर्तामोडका सफल व्यवसायी इन्द्रचन्द्र विन्दलले आफ्नो जन्म दिन बिर्तामोड उद्योग वाणिज्य संघमा मनाएका छन् । बालाजी इन्टरनेशनलका सञ्चालक समेत रहेका विन्दलले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’मा २१ हजार रुपैयाँ प्रदान गर्दै आफ्नो जन्म दिन मनाएका हुन् । संघले एक करोड [...] The post ‘व्यवसायी राहत कोष’ मा विन्दलको २१ हजार appeared first on Jhapa Online.

Jan 6, 2025 - 02:54
 0
‘व्यवसायी राहत कोष’ मा विन्दलको २१ हजार

बिर्तामोड, २२ पुस । नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष तथा बिर्तामोडका सफल व्यवसायी इन्द्रचन्द्र विन्दलले आफ्नो जन्म दिन बिर्तामोड उद्योग वाणिज्य संघमा मनाएका छन् ।

बालाजी इन्टरनेशनलका सञ्चालक समेत रहेका विन्दलले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’मा २१ हजार रुपैयाँ प्रदान गर्दै आफ्नो जन्म दिन मनाएका हुन् । संघले एक करोड रुपैयाँ बरावरको अक्षयकोष व्यवसायीका लागि स्थापना गरेको छ । आपत विपद्मा परेका व्यवसायीलाई सहयोग पु¥याउन सकियोस् भन्ने उद्देश्यले संघले कोष स्थापना गरेको र संघको कार्य सह्रानीय भएको भन्दै विन्दलले जन्मोत्सवको अवसरमा रकम सहयोग गरेको बताए ।

विन्दलले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई सो रकम हस्तान्तरण गरेका थिए । सो अवसरमा संघले विन्दललाई कदरपत्र सहित सम्मान गरेको छ । बिर्तामोड उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रमकाबीच विन्दललाई कदरपज्ञद्वारा सम्मान गरिएको संघका महासचिव कुशल खतिवडाले बताए ।

The post ‘व्यवसायी राहत कोष’ मा विन्दलको २१ हजार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register