नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च रिट 

काठमाडौँ । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । लाइसेन्स वितरण गर्ने प्रक्रियामा कानूनी त्रुटि भएको भन्दै सर्वोच्चमा रिट दायर भएको हो । रिट अधिवक्ता कृष्ण बहादुर थापाले मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा दायर गरेका हुन् ।   धितोपत्र बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ […]

Jan 7, 2025 - 08:08
 0
नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च रिट 

काठमाडौँ । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । लाइसेन्स वितरण गर्ने प्रक्रियामा कानूनी त्रुटि भएको भन्दै सर्वोच्चमा रिट दायर भएको हो ।

रिट अधिवक्ता कृष्ण बहादुर थापाले मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा दायर गरेका हुन् ।  

धितोपत्र बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ मा भएको व्यवस्थाको गलत व्याख्या गरेर धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न खोजेको सर्वोच्चमा दायर गरिएको रिट निवेदनमा उल्लेख छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६, ११७ र ११८ मा प्रत्यायोजन गरेको अधिकारमा नेपाल धितोपत्र बोर्डलाई धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धमा निर्देशिका बनाउने अधिकार नरहेको पनि रिट निवेदनमा उल्लेख गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register