सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ

काठमाडौं । विमानस्थलबाट सुनसहित प्रहरीले उक जनालाई पक्राउ गरेका छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी लैजान लागेको करिब ६१ ग्राम तौल बराबरको सुन जस्तो देखिने धातुको ढिक्का १ थान र औठी १ थानसहित चितवन भरतपुर महानगरपालिका-१२ घर भएका २५ वर्षीय संजय तामाङलाई प्रहरीले पक्राउ गरेको छ । एयर इन्डियाको उडानद्वारा दोहाबाट काठमाडौं आएका […]

Jan 7, 2025 - 07:58
 0
सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ

काठमाडौं ।

विमानस्थलबाट सुनसहित प्रहरीले उक जनालाई पक्राउ गरेका छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी लैजान लागेको करिब ६१ ग्राम तौल बराबरको सुन जस्तो देखिने धातुको ढिक्का १ थान र औठी १ थानसहित चितवन भरतपुर महानगरपालिका-१२ घर भएका २५ वर्षीय संजय तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

एयर इन्डियाको उडानद्वारा दोहाबाट काठमाडौं आएका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट उक्त धातु सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्‍यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register