मेटाले अमेरिकी तथ्य जाँच बन्द गर्नु ‘खतरनाक समय’को सुरुवात : रेसा

काठमाडौं । फिलिपिन्सका नोबेल पुरस्कार विजेता मारिया रेसाले सामाजिक सञ्जाल मेटाले फेसबुक र इन्स्टाग्राममा आफ्नो अमेरिकी तथ्य जाँच कार्यक्रम बन्द गर्नु ‘अत्यन्त खतरनाक समय’ को सुरूवात भएको बताएकी छन् । एएफपीलाई दिएको अन्तर्वार्तामा उनले सो कुरा बताएकी हुन् । फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेको पालामा दायर गरिएको अदालती मुद्दासँग जुध्दै रेसा र उनले स्थापना गरेको […]

Jan 8, 2025 - 10:21
 0
मेटाले अमेरिकी तथ्य जाँच बन्द गर्नु ‘खतरनाक समय’को सुरुवात : रेसा

काठमाडौं । फिलिपिन्सका नोबेल पुरस्कार विजेता मारिया रेसाले सामाजिक सञ्जाल मेटाले फेसबुक र इन्स्टाग्राममा आफ्नो अमेरिकी तथ्य जाँच कार्यक्रम बन्द गर्नु ‘अत्यन्त खतरनाक समय’ को सुरूवात भएको बताएकी छन् ।

एएफपीलाई दिएको अन्तर्वार्तामा उनले सो कुरा बताएकी हुन् ।

फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेको पालामा दायर गरिएको अदालती मुद्दासँग जुध्दै रेसा र उनले स्थापना गरेको राप्लर न्यूज साइटले वर्षौंसम्म अनलाइन गलत सूचनाविरुद्ध लडेका छन् ।

सन् २०२१ मा नोबेल शान्ति पुरस्कार विजेता तथा वरिष्ठ पत्रकार रेसाले मेटाको निर्णयले पत्रकारिता, लोकतन्त्र र सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि ‘अत्यन्त खतरनाक समय’ आउन लागेको सङ्केत भएको बताइन् ।

“मार्क जुकरबर्गले यो अभिव्यक्ति स्वतन्त्रताको मुद्दा हो भन्नुभएको छ । यो सरासर गलत हो,” रेसाले मनिलास्थित र्‍यापलरको समाचार कक्षमा एएफपीसँग भनिन् ।

“यदि नाफामा आधारित संस्थाले मात्र यो दाबी गर्न सक्ने तर यदि शक्ति र पैसा नचाहने स्वतन्त्र संस्था हो भने त्यसले त्यो दाबी गर्नु सही होइन । यो व्यक्तिको सुरक्षाको कुरा हो।” उनले भनिन् । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register