धरौटी बुझाएर छुट्नेबित्तिकै रविलाई काठमाडौँ ल्याउने तयारी ! 

काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटी बुझाएलगत्तै काठमाडौँ ल्याउने तयारी गरिएको छ ।  बिहीबार कास्की जिल्ला अदालतले रविलाई ६५ लाख धरौटीमा छोड्न आदेश दिएसँगै धरौटी बुझाएर रिहा हुनेबित्तिकै प्रहरीले उनलाई काठमाडौँ ल्याउने तयारी गरेको हो ।  काठमाडौँमा रविसहित ३९ जनाविरुद्ध काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी प्रकरणमा […]

Jan 9, 2025 - 12:57
 0
धरौटी बुझाएर छुट्नेबित्तिकै रविलाई काठमाडौँ ल्याउने तयारी ! 

काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटी बुझाएलगत्तै काठमाडौँ ल्याउने तयारी गरिएको छ । 

बिहीबार कास्की जिल्ला अदालतले रविलाई ६५ लाख धरौटीमा छोड्न आदेश दिएसँगै धरौटी बुझाएर रिहा हुनेबित्तिकै प्रहरीले उनलाई काठमाडौँ ल्याउने तयारी गरेको हो । 

काठमाडौँमा रविसहित ३९ जनाविरुद्ध काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी प्रकरणमा सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको छ । काठमाडौँमा पनि रविविरुद्ध मुद्दा दायर भएकाले उनी कास्कीबाट रिहा भएपछि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरी स्रोतले बताएको छ । 

काठमाडौँको स्वर्णलक्ष्मी सहकारीमा रविसहितका ३९ जनाविरुद्ध ६ सय ९० जना बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४ सय ९३ रुपैयाँ हिनामिना गरेको आरोप छ । 

बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलाशले रवि लामिछानेलाई ६५ लाख र पूर्वडिआईजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा छोड्न आदेश दिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register