रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित, मनाउन थाले खुसियाली (भिडिओसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएपछि रास्वपाका समर्थकहरू उत्साहित देखिएका छन् । अदालतले लामिछानेलाई छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरूले अदालत बाहिर खुसियाली मनाउन थालेका हुन् । यतिबेला अदालतबाहिर रास्वपा नेता तथा कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन् रास्वपा सांसद मनिष झासमेतले चर्को नाराबाजी गरिरहेका छन् । […]

Jan 9, 2025 - 13:00
 0
रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित, मनाउन थाले खुसियाली (भिडिओसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएपछि रास्वपाका समर्थकहरू उत्साहित देखिएका छन् ।

अदालतले लामिछानेलाई छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरूले अदालत बाहिर खुसियाली मनाउन थालेका हुन् ।

यतिबेला अदालतबाहिर रास्वपा नेता तथा कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन् रास्वपा सांसद मनिष झासमेतले चर्को नाराबाजी गरिरहेका छन् । उनले जय घण्टीको नारा घन्काएका छन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेलाई बिहीबार अदालतले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

सोही प्रकरणमा अदालतले  छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती गुरुङ र मीना गुरुङसँग ५ / ५ लाख र कृष्ण बहादुर गुरुङसँग एक लाख रुपैंया धरौटी माग गरेको  छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register