सहकारी संस्कृतिको विकास हुन नसक्दा अभियान कमजोर भयो : अध्यक्ष दङ्गाल

झापा, २५ पुस । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष भवानीप्रसाद (भानु) दङ्गालले सहकारी संस्कृतिको विकास हुन नसक्दा अभियान कमजोर भएको बताए । हाम्रो साकोसको १२औं बार्षिक साधारणसभाको अन्तिम माइन्यूट प्रमाणीकरण कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघका सचिवसमेत रहेका उनले सदस्यहरूले सहकारी संस्कृति नबुझेको र राज्यले बुझाउन नसकेका कारण सहकारी अभियान कमजोर भएको [...] The post सहकारी संस्कृतिको विकास हुन नसक्दा अभियान कमजोर भयो : अध्यक्ष दङ्गाल appeared first on Jhapa Online.

Jan 9, 2025 - 13:49
 0
सहकारी संस्कृतिको विकास हुन नसक्दा अभियान कमजोर भयो : अध्यक्ष दङ्गाल

झापा, २५ पुस । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष भवानीप्रसाद (भानु) दङ्गालले सहकारी संस्कृतिको विकास हुन नसक्दा अभियान कमजोर भएको बताए ।

हाम्रो साकोसको १२औं बार्षिक साधारणसभाको अन्तिम माइन्यूट प्रमाणीकरण कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघका सचिवसमेत रहेका उनले सदस्यहरूले सहकारी संस्कृति नबुझेको र राज्यले बुझाउन नसकेका कारण सहकारी अभियान कमजोर भएको बताएका हुन् । ‘बचतकर्ताले बचत गर्ने र ऋणी सदस्यले ऋण लगेर समयमा नतिर्दा संस्था कमजोर हुने हो,’ उनले भने, ‘यो सस्कृतिको विकास नहुँदा सिङ्गो सहकारी अभियान कमजोर हुन पुग्यो ।’

एउटा ब्यक्ति धेरै वटा सहकारी संस्थाको सदस्य बन्ने र एउटै व्यवसाय देखाएर सबै संस्थाबाट ऋण लिने प्रवृत्तिले शेयर सदस्य सहकारीको ग्राहक र सहकारी सञ्चालक मालिकको भएको जस्तो अवस्था सिर्जना भएको उनले बताए । केही सहकारीको कमजोरीलाई लिएर आम सहकारीलाई हेर्ने दृष्टिकोण एउटै बनाउनु गलत भएको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका जिल्ला सहकारी सङ्घ झापाका अध्यक्ष गणेश ढकालले बताए ।

पछिल्लो समय सहकारी संस्थाहरूले सदस्यहरूको साह्रो गाह्रोमा साथ दिएको कुरालाई भन्दा हल्लाको पछाडि लागेर समग्र सहकारी संस्थाहरु फटाहा हुन् भन्ने भाष्य सिर्जना गरिएकोप्रति उनले आपत्ति जनाए । कार्यक्रमका अर्का अतिथि जिल्ला बचत तथा ऋण सहकारी संस्था लिका उपाध्यक्ष विश्वेश्वरप्रसाद भट्टराईले सहकारी क्षेत्रसँग आबद्ध व्यक्तिहरुले मात्र सहकारीलाई बुझ्ने र विश्लेषण गर्न सक्ने बताए । उनले सदस्यहरूले सहकारीलाई नजिकबाट नियाल्नुपर्ने र ऋणीहरूले समयमा ऋण तिर्दा मात्र सहकारी अभियान सफल हुने बताए ।

बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल साकोसले गत पुस १६ गतेदेखि सात स्थानमा एकाईगत साधारण सभा सम्पन्न गरेर आज (बिहीवार) झापाको बिर्तामोडमा अन्तिम माईन्यूट प्रमाणीकरण सम्पन्न गरेको हो ।  साकोसको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०८०/८१ शेयर सदस्य ३७ हजार ९६७ जना रहेको संस्थाको शेयरपुँजी १८ करोड ४० लाख २९ हजार १०० रुपैयाँ रहेको छ । 

यसैगरी कोष हिसाव ७ करोड ७२ लाख ६५ हजार ११० रुपैयाँ ७० पैसा, बचत निक्षेप हिसाव १ अर्व ३५ करोड ९३ लाख २६ हजार ७१३ रुपैयाँ १४ पैसा, लगानीमा रहेको रकम एक अर्व ८९ करोड ९४ लाख ८४ हजार ७३७ रुपैयाँ ४६ पैसा रहेको छ ।  त्यसैगरी संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत सुत्केरी सुबिधा, नवराजशिशु सुबिधा, पोषण तथा न्यानो कपडा, जन्मदिनको उपहार, बैवाहिक बर्षगाँठ उपहार, बचतकर्ता मृत्यु राहत सुबिधा, अग्रीम बचत सुबिधा, आजीवन पेन्सन बचत सुबिधा आदि उपलब्ध गराउँदै आएको छ ।   झापा, इलाम र मोरङ गरेर तीन जिल्लाका २२ पालिकाका ३१ सेवा केन्द्रमार्फत संस्थाले सदस्यहरुलाई सेवा गर्दै आएको छ । 

सहभागीहरुलाई संस्थाका उपाध्यक्ष राजेन्द्र गौतमले स्वागत गरेको कार्यक्रम सञ्चालन संस्थाका सचिव विश्वेश्वरप्रसाद लामिछानेले गरेका थिए ।

The post सहकारी संस्कृतिको विकास हुन नसक्दा अभियान कमजोर भयो : अध्यक्ष दङ्गाल appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register