प्रजातन्त्र दिवसमा सतासी महिला मौरीपालनको निःशुल्क स्वास्थ्य शिविर

शिवसताक्षी, ७ फागुन । झापाको शिवसताक्षीको दूधेमा रहेको श्री सतासी महिला मौरीपालन सहकारी संस्थाले प्रजातन्त्र दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । संस्थाले कार्यालय परिसरमा पायल्स र फिस्टुलाको रोग सम्वन्धी स्वास्थ्य शिविर चलाएको हो । स्वास्थ्य शिविरमा ३४ जनाले सेवा लिएको श्री सतासी महिला मौरीपालन सहकारी संस्थाले जनाएको छ । जसमा १८ पुरुष [...] The post प्रजातन्त्र दिवसमा सतासी महिला मौरीपालनको निःशुल्क स्वास्थ्य शिविर appeared first on Jhapa Online.

Feb 19, 2025 - 14:59
 0
प्रजातन्त्र दिवसमा सतासी महिला मौरीपालनको निःशुल्क स्वास्थ्य शिविर

शिवसताक्षी, ७ फागुन । झापाको शिवसताक्षीको दूधेमा रहेको श्री सतासी महिला मौरीपालन सहकारी संस्थाले प्रजातन्त्र दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । संस्थाले कार्यालय परिसरमा पायल्स र फिस्टुलाको रोग सम्वन्धी स्वास्थ्य शिविर चलाएको हो ।

स्वास्थ्य शिविरमा ३४ जनाले सेवा लिएको श्री सतासी महिला मौरीपालन सहकारी संस्थाले जनाएको छ । जसमा १८ पुरुष र १६ जना महिला रहेका छन् । संस्थाले शिवसताक्षीमा पायल्स र फिस्टुलाको रोगीहरु रहेका र विभिन्न कारण औषधि उपचार नगराई घरमै बसेका सदस्यहरुलाई सेवा दिएको संस्थाकी व्यवस्थापक देवी दाहालले बताइन् ।

शिविरमा अभियान क्लिनिक विर्तामोडका प्रमुख डा.प्रदिपकुमार यादवसहितको प्राविधिक टोलीले सहजीकरण गरेको संस्थाले जनाएको छ । शिविरमा स्वास्थ्य परीक्षण, विरामीले बाहिर उपचार गराउनु पर्ने अवस्थाको बारेमा परामर्श समेत दिइएको थियो ।

The post प्रजातन्त्र दिवसमा सतासी महिला मौरीपालनको निःशुल्क स्वास्थ्य शिविर appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register