लस एन्जलस डढेलोः २० हजार बढी घर जलेर नष्ट, ६८ खर्ब रुपैयाँ बढीको आर्थिक क्षति (तस्विरहरु)

काठमाडौँ । क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण ६८ खर्ब बढीको आर्थिक क्षति भएको छ । आगलागीका कारण संयुक्त राज्य अमेरिकाको दोस्रो ठूलो सहरको ठूलो भाग भग्नावशेषमा परिणत भएको छ । सबैभन्दा ठूलो डढेलो प्यासिफिक पालिसाडेस आसपासको करिब २० हजार एकड (८०० हेक्टर) क्षेत्रमा फैलिएको छ । डढेलोकै कारण अल्टाडेना वरपरको १३ हजार ७०० […]

Jan 10, 2025 - 08:18
 0
लस एन्जलस डढेलोः २० हजार बढी घर जलेर नष्ट, ६८ खर्ब रुपैयाँ बढीको आर्थिक क्षति (तस्विरहरु)

काठमाडौँ । क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण ६८ खर्ब बढीको आर्थिक क्षति भएको छ । आगलागीका कारण संयुक्त राज्य अमेरिकाको दोस्रो ठूलो सहरको ठूलो भाग भग्नावशेषमा परिणत भएको छ ।

सबैभन्दा ठूलो डढेलो प्यासिफिक पालिसाडेस आसपासको करिब २० हजार एकड (८०० हेक्टर) क्षेत्रमा फैलिएको छ ।

डढेलोकै कारण अल्टाडेना वरपरको १३ हजार ७०० एकड जमिन जलेर नष्ट भएको छ । उक्त विपद्मा परी हालसम्म कम्तीमा १० जनाको मृत्यु भइसकेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

आगलागीबाट लस एन्जलसमा ५० बिलियन डलर अर्थात ६८ खर्ब रुपैयाँ भन्दा बढीको आर्थिक क्षति भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । डढेलोमा परेर करिब २० हजार भन्दा बढी घरहरु जलेर पूर्ण रुपमा नष्ट भएको बताइएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register