‘ऋण तिर्नुपर्दैन, तिर्दैनौं भन्नेलाई कारवाही गर्छौँ’- सहकारी मन्त्री 

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीबाट ऋण लिएर तिर्नु पर्दैन भन्दै गलत प्रचार गर्नेलाई कारवाही गर्ने बताएका छन् । पछिल्लो समय सहकारी क्षेत्रप्रति भ्रम पैदा गर्ने गरी ऋण तिर्नु पर्दैन भन्दै प्रचार गर्नेहरू बढेपछि त्यस्ता व्यक्ति वा समूहलाई कारवाहीको दायरामा ल्याउने मन्त्री अधिकारीले बताएका हुन् । ‘सहकारीबाट ऋण लिएपछि […]

Mar 4, 2025 - 04:27
 0
‘ऋण तिर्नुपर्दैन, तिर्दैनौं भन्नेलाई कारवाही गर्छौँ’- सहकारी मन्त्री 

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीबाट ऋण लिएर तिर्नु पर्दैन भन्दै गलत प्रचार गर्नेलाई कारवाही गर्ने बताएका छन् । पछिल्लो समय सहकारी क्षेत्रप्रति भ्रम पैदा गर्ने गरी ऋण तिर्नु पर्दैन भन्दै प्रचार गर्नेहरू बढेपछि त्यस्ता व्यक्ति वा समूहलाई कारवाहीको दायरामा ल्याउने मन्त्री अधिकारीले बताएका हुन् ।

‘सहकारीबाट ऋण लिएपछि तिर्नुपर्छ ।’, मन्त्री अधिकारीले भने, ‘ऋण तिर्नुपर्दैन भनेर भ्रम फैलाउनेहरुलाई कारवाहीको दायरामा ल्याउँछौँ ।’  

हाल सहकारीबाट ऋण लिएर नतिर्नेहरुले नै ऋण तिर्नुपर्दैन भनेर भ्रम फैलाइरहेको मन्त्री अधिकारीको भनाई छ । उनले सहकारीमा कानून विपरीत गतिविधि गर्नेलाई कारवाहीको दायरामा ल्याउने बताएका छन् । 

त्यस्तै, उनले सहकारीबाट लिएको ऋण तिर्नुपर्दैन भन्ने भ्रममा नपर्न आग्रह गर्दै आवश्यक छानबिनपछि ऋण नतिरे ऋणीको एकाघरको परिवारको सम्पूर्ण सम्पत्ति रोक्का गरेर भए पनि ऋण असुली गर्ने बताएका छन् । उनले आवश्यक परे सम्पत्ति जफत गरेर भए पनि बचतकर्ताको बचत फिर्ता गरिने दाबी गरेका छन् । 

हालसम्म छोटो अवधिमा ६ हजार ६ सय भन्दा बढी बचतकर्ताको रकम फिर्ता भएको भएको दाबी गर्दै मन्त्री अधिकारीले अन्यको पनि बचत फिर्ताको तयारी भइरहेको बताएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register