चन्द्रगढी खानेपानीको २२ औं सभा : ४ हजार ४ सय ७ उपभोक्तालाई शुद्ध खानेपानी

भद्रपुर, २६ पुस । चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समिति भद्रपुर १० को २२ औं परिषद भेला तथा साधारण सभा चन्द्रगढीमा सम्पन्न भएको छ । संघीय संसदका सभामुख देवराज घिमिरेले परिषद भेलाको उद्घाटन गर्दै खानेपानी मानिसको आधारभूत आवश्यकता भएकोले नेपालको संविधानले खानेपानिलाई मौलिक अधिकार भित्र राखेको बताए । उनले शुद्ध खानेपानीमा नागरिकको पहुँच स्थापित गर्न [...] The post चन्द्रगढी खानेपानीको २२ औं सभा : ४ हजार ४ सय ७ उपभोक्तालाई शुद्ध खानेपानी appeared first on Jhapa Online.

Jan 10, 2025 - 16:22
 0
चन्द्रगढी खानेपानीको २२ औं सभा : ४ हजार ४ सय ७ उपभोक्तालाई शुद्ध खानेपानी

भद्रपुर, २६ पुस । चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समिति भद्रपुर १० को २२ औं परिषद भेला तथा साधारण सभा चन्द्रगढीमा सम्पन्न भएको छ ।

संघीय संसदका सभामुख देवराज घिमिरेले परिषद भेलाको उद्घाटन गर्दै खानेपानी मानिसको आधारभूत आवश्यकता भएकोले नेपालको संविधानले खानेपानिलाई मौलिक अधिकार भित्र राखेको बताए । उनले शुद्ध खानेपानीमा नागरिकको पहुँच स्थापित गर्न आफूले संसदमा सक्दो भूमिका निर्वाह गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

संस्थाका अध्यक्ष पुरुषोत्तम अधिकारीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ४ सय ४० वटा नयाँ धाराहरु जडान गर्दै गत असार मसान्तसम्ममा ४ हजार ४ सय ७ उपभोक्ता संख्या रहेको जानकारी दिए । झापाका खानेपानी उपभोक्ता समितिहरु मध्ये चन्द्रगढीले सबै भन्दा कम मूल्य तथा सहुलियतमा उपभोक्तालाई पिउने पानी उपलब्ध गराइरहेको बताउदै संस्थाले गरेका गतिविधिका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की, खानेपानी डिभिजन कार्यालय झापाका प्रमुख विकास काफ्ले लगायतले शुभकामना मन्तव्य राख्दै झापा सदरमुकाममा रहेर चन्द्रगढी खानेपानी उपभोक्ता समितिले पुर्याएको योगदानको प्रशंसा समेत गरेका थिए ।

अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव बाबुराम कार्कीले र स्वागत मन्तव्य उपाध्यक्ष बाबुराम पराजुलीले राखेको कार्यक्रममा बर्ष उत्कृष्ट कर्मचारी सम्मानबाट नारायण निरौलालाई नगद ११ हजार १ सय ११ सहित प्रशंसा पत्रले सम्मान समेत गरिएको थियो ।

The post चन्द्रगढी खानेपानीको २२ औं सभा : ४ हजार ४ सय ७ उपभोक्तालाई शुद्ध खानेपानी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register