कनकाईमा न्याय सम्पादन सहज र सरल बन्दै

झापा, २२ चैत । कुनै समय थियो जतिबेला झापाको कनकाई नगरपालिकाको न्यायिक समितिलाई मुद्दा मिलाउन भ्याइनभ्याइ हुन्थो । एकै वर्षमा चार सयसम्म मुद्दाको चापले न्यायिक समिति व्यस्त हुन्थ्यो । तर, अहिले १२ वटामा झरेको छ । अहिले मुद्दाको चाप घटेको छ भने न्याय सम्पादन अझ सहज र सरल बन्दै गएको छ । कनकाई नगरपालिकाको वडामा [...] The post कनकाईमा न्याय सम्पादन सहज र सरल बन्दै appeared first on Jhapa Online.

Apr 4, 2025 - 07:22
 0
कनकाईमा न्याय सम्पादन सहज र सरल बन्दै

झापा, २२ चैत । कुनै समय थियो जतिबेला झापाको कनकाई नगरपालिकाको न्यायिक समितिलाई मुद्दा मिलाउन भ्याइनभ्याइ हुन्थो । एकै वर्षमा चार सयसम्म मुद्दाको चापले न्यायिक समिति व्यस्त हुन्थ्यो । तर, अहिले १२ वटामा झरेको छ । अहिले मुद्दाको चाप घटेको छ भने न्याय सम्पादन अझ सहज र सरल बन्दै गएको छ ।

कनकाई नगरपालिकाको वडामा मेलमिलाप समिति सक्रिय भएसँगै नगरको न्यायिक समितिमा मुद्दा चाप घटेको हो भने न्याय सम्पादन सहज र सरल बनेको हो । “वडाका मेलमिलापकर्तालाई तालिम दिएर अब्बल बनाएका छौं”, नगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समिति संयोजक आशा शर्मा शिवाकोटीले भन्नुभयो, “जसले गर्दा वडामै विवाद मिल्न थालेको छ, नगरसम्म आउनुपर्ने बाध्यता हटेको छ ।”

न्याय माग्न आउने नगरबासीलाई आर्थिक बोझ घटेको उहाँले सुनाउनुभयो । “९ नम्बर वडाबाट टेम्पोमा आउँदा दुई सय जाँदा दुई सय लाग्छ”, उहाँले भन्नुभयो, “वडामै विवाद मिल्दा आर्थिक अवस्था कमजोर भएका वडाबासीलाई सहज भएको छ ।”

चालू आर्थिक वर्ष २०८१÷०८२ को हालसम्म १२ वटा नयाँ मुद्दा नगरको न्यायिक समितिमा दर्ता भएका छन् भने गत आर्थिक वर्ष २०८०÷०८१ को पाँच वटा सरी आएको थियो । नयाँ पुरा गरी १४ वटा मुद्दा फस्यौट भएको गरिएको छ ।

नगरमा दर्ता हुने मुद्दा अधिकांश मुद्दा लेनदेन र जग्गा विवादको रहेका छन् । न्यायिक समितिमा दर्ता भएका सात वटा लेनदेनका मुद्दामध्ये पाँच वटा फस्यौट भएका छन् भने दुई वटा फस्यौट हुन सकेको छैन ।

“आफन्तभित्रै लेनदेनको मुद्दा धेरै छ”, उहाँले भन्नुभयो, “नगरमा ऐलानी जग्गा धेरै भएकाले पनि सीमा विवाद धेरै आउने गरेको छ ।”

हरेक साताको बिहीबार र शुक्रबार न्यायिक समितिले इजलासमा मुद्दा हेर्ने गरिएको छ । गत दुई सातादेखि न्यायिक समितिमा नयाँ मुद्दा दर्ता भएका छैनन् । मुद्दा नभएको समयमा वडामा गएर मेलमिलाप समितिको अनुगमन गर्ने गरिएको उपप्रमुख शिवाकोटीले बताउनुभयो ।

न्यायिक समितिले मुद्दा हेर्दा राजनीतिक दबाब, नातावाद, कृपावाद नहेरी स्वतन्त्र रुपमा न्याय सम्पादन गर्ने गरेको उहाँले सुनाउनुभयो । “अप्ठ्यारा खाल र न्यायिक समितिबाट नसक्ने खालका मुद्दा आए अदालतमा पठाउने गरेका छौं”, उहाँले भन्नुभयो ।

मेलमिलाप समितिलाई वर्ष दुई पटक तालिम दिनुका साथै मेलमिलाप समितिलाई चुस्त दुरुस्त बनाउन अन्य पालिकाहरुले गरेका राम्रा कामको अनुगमन गराएर अभ्यास गराउने गरिएको न्यायिक समितिका कानून अधिकृत भूपेन्द्र बस्नेलले बताउनुभयो ।

गत आव २०८०÷०८१ मा न्यायिक समितिमा २४ वटा मुद्दा दर्ता भएकोमा १९ वटा फस्र्यौट भएको उहाँले बताउनुभयो । कनकाई नगरपालिका–३, ५ र ८ नम्बर वडाबाट मुद्दा धेरै आउने गरेका उहाँले बताउनुभयो ।

नगरमा उपप्रमुख शिवाकोटी, वडाध्यक्ष बलराम राई र कार्यपालिका सदस्य नवलकिशोर दत्तसहित तीन सदस्यीय न्यायिक समितिले न्याय सम्पादन गर्दै आएको छ भने प्रत्येक वडामा वडा सदस्यको संयोजकत्वमा मेलमिलाप केन्द्र गठन गरेर ‘वीन–वीन’ माध्यमबाट विवाद समाधान गरिँदै आएको छ ।

The post कनकाईमा न्याय सम्पादन सहज र सरल बन्दै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register