मनसुनी हावा सक्रिय हुँदा अधिकांश स्थानमा वर्षा

झापा, २९ जेठ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मनसुनी हावा सक्रिय हुँदा यतिबेला मुलुकको विभिन्न स्थानमा पानी पर्न सुरु भएको जनाएको छ । देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी हावा तथा स्थानीय हावाको प्रभाव रहेको महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले मनसुनी हावा चलिरहेको, बङ्गालको खाडीबाट जलवास्पयुक्त हावा नेपाल [...] The post मनसुनी हावा सक्रिय हुँदा अधिकांश स्थानमा वर्षा appeared first on Jhapa Online.

Jun 12, 2025 - 13:41
 0
मनसुनी हावा सक्रिय हुँदा अधिकांश स्थानमा वर्षा

झापा, २९ जेठ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मनसुनी हावा सक्रिय हुँदा यतिबेला मुलुकको विभिन्न स्थानमा पानी पर्न सुरु भएको जनाएको छ । देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी हावा तथा स्थानीय हावाको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गोविन्द झाले मनसुनी हावा चलिरहेको, बङ्गालको खाडीबाट जलवास्पयुक्त हावा नेपाल आएकाले वर्षा गराउने प्रणाली विकसित भई हाल मुलुकको विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको बताउनुभयो । “हाल देशभर आंशिकदेखि साधारणतया बदली, कोशी प्रदेशको इलाम, बागमती प्रदेशको काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौँ र चितवन, लुम्बिनी प्रदेशको प्युठान र रोल्पा, कर्णाली प्रदेशको सुर्खेत आसपासमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार इलाम आसपास र बर्दिया आसपासका एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ । झाकाअनुसार काठमाडौँ उपत्यकामा शनिबारसम्म वर्षाको सम्भावना छ ।

महाशाखाले शुक्रबार बिहानसम्म कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ । साथै कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना पनि रहेको महाशाखाको भनाइ छ ।

महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नु तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

The post मनसुनी हावा सक्रिय हुँदा अधिकांश स्थानमा वर्षा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register