पूर्व पोर्नस्टारसँग जोडिएको मुद्दामा ट्रम्पलाई अदालतले दिएन सजाय
काठमाडौं । अमेरिकाको एक अदालतले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको एक मुद्दामा आज निर्णय सुनाएको छ । पूर्व पोर्नस्टारसँगलाई आफूहरुबीचको सम्बन्धबारे नबोल्न भन्दै ट्रम्पले पैसा दिएको र त्यसको प्रमाण मेटाउने कोसिस गरेको मुद्दाका सबै ३४ आरोपितलाई कुनै पनि सजाय सुनाइएको छैन । फैसला सुनाउँदै न्यायाधीश मर्चेनले भने, ‘म तपाईंको दोस्रो कार्यकाल सफल होस् भन्ने कामना गर्छु […]

काठमाडौं । अमेरिकाको एक अदालतले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको एक मुद्दामा आज निर्णय सुनाएको छ ।
पूर्व पोर्नस्टारसँगलाई आफूहरुबीचको सम्बन्धबारे नबोल्न भन्दै ट्रम्पले पैसा दिएको र त्यसको प्रमाण मेटाउने कोसिस गरेको मुद्दाका सबै ३४ आरोपितलाई कुनै पनि सजाय सुनाइएको छैन ।
फैसला सुनाउँदै न्यायाधीश मर्चेनले भने, ‘म तपाईंको दोस्रो कार्यकाल सफल होस् भन्ने कामना गर्छु ।’
अदालतले ट्रम्पलाई बिना कुनै शर्त रिहा गर्ने निर्णय गरेको छ । यसको अर्थ उनलाई यस मामिलामा न कुनै जरिवाना तिर्नुपर्नेछ, न जेल सजाय नै ।
यसअघि ट्रम्पले त्यसलाई रोक्न गरेको अपिल अदालतले खारेज गरिदिएको छ । सजाय सुनाउने निर्णय रोक्नुपर्ने ट्रम्पको अनुरोधलाई स्वीकार्ने कि नस्वीकार्ने भन्ने विषयमा बहस हुँदा अदालतका न्यायाधीशले बहुमतको आधारमा नस्वीकार्ने निर्णय गरेका थिए ।
ट्रम्पले आगामी जनवरी २० मा दोस्रो पटक अमेरिकाको राष्ट्रपति पदको शपथ लिनेछन् ।
What's Your Reaction?






