सभामुख घिमिरेद्वारा मेची रंगशाला अवलोकन, सहयोग गर्ने आश्वासन

रोहित काफ्ले भद्रपुर, २७ पुस । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले झापाको सदरमुकाम भद्रपुरमा रहेको सरकारी स्वामित्वको मेची रंगशालाको अवलोकन–निरीक्षण गरेका छन् । विभिन्न कार्यक्रममा सहभागिताका लागि गृह जिल्ला झापामा रहेका घिमिरेले शुक्रबार अपरान्ह मेची रंगशालाको अवलोकन–निरीक्षण गर्दै सर्वपक्षीय अवस्थाको बारेमा जानकारी लिएका हुन् । सभामुख घिमिरेलाई भद्रपुर झापा गोल्डकपको सचिवालयमा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, उपाध्यक्ष [...] The post सभामुख घिमिरेद्वारा मेची रंगशाला अवलोकन, सहयोग गर्ने आश्वासन appeared first on Jhapa Online.

Jan 11, 2025 - 09:07
 0
सभामुख घिमिरेद्वारा मेची रंगशाला अवलोकन, सहयोग गर्ने आश्वासन

रोहित काफ्ले भद्रपुर, २७ पुस । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले झापाको सदरमुकाम भद्रपुरमा रहेको सरकारी स्वामित्वको मेची रंगशालाको अवलोकन–निरीक्षण गरेका छन् ।

विभिन्न कार्यक्रममा सहभागिताका लागि गृह जिल्ला झापामा रहेका घिमिरेले शुक्रबार अपरान्ह मेची रंगशालाको अवलोकन–निरीक्षण गर्दै सर्वपक्षीय अवस्थाको बारेमा जानकारी लिएका हुन् ।

सभामुख घिमिरेलाई भद्रपुर झापा गोल्डकपको सचिवालयमा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, उपाध्यक्ष पूर्व प्रदेशसभा सदस्य वसन्त वानियाँ, महासचिव जीवनकुमार श्रेष्ठ, भद्रपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष बन्धु कार्कीलगायतले स्वागत गरेका थिए ।

सो क्रममा गोल्डकपका अध्यक्ष ढकालले सभामुख घिमिरेलाई भद्रपुर झापा गोल्डकपको आसन्न दोस्रो संस्करणको तयारी र मेची रंगशालामा आवश्यक पूर्वाधारका बारेमा जानकारी गराउँदै सहयोगका लागि आग्रह गरेका थिए । हाललाई रंगशालामा थप प्यारापिट र रात्रिकालीन प्रतियोगितासमेत गराउन सक्ेनगरिको फ्लड लाइटको व्यवस्थाका लागि सभामुख घिमिरेलाई आग्रह गरिएको अध्यक्ष ढकालले बताए ।

सोक्रममा सभामुख घिमिरेले मेची रंगशाला भद्रपुरको मात्र नभई झापाकै ऐतिहासिक र महत्वपूर्ण सम्पत्ति भएकोले यसको संरक्षण र विकास सम्पूर्ण झापावासीको भएको उल्लेख गर्दै सहयोगका लागि आफ्नो तर्फबाट पूर्ण साथ रहने प्रतिवद्धता व्यक्त गरे । ‘यो रंगशालाको विकास आवश्यक छ, तपाईंहरु काठमाडौं आउनुस्, कस–कसलाई के–के भन्नुपर्छ, त्यसका लागि म तयार छु’, घिमिरेले भने– ‘सरोकारवाला निकायहरुलाई घच्घच्याइरहनुपर्छ, केही न केही भइहाल्छ ।’
सो अवसरमा सभामुख घिमिरेलाई गोल्डकपका तर्फबाट अध्यक्ष ढकालले मायाको चिनोस्वरुप गोल्डकपको लोगाअंकित टि–सर्ट प्रदान गरेका थिए ।

यसैबीच भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करणको तयारीलाई तीव्र बनाइएको महासचिव श्रेष्ठले जानकारी दिए । आगामी फागुन ७ देखि १६ सम्म मेची रंगशालामै सम्पन्न हुने प्रतियोगिताको तयारीस्वरुप मैदान स्तरोन्नतिको काम भइरहेको छ भने प्रचार–प्रसारलाई पनि अघि बढाइएको छ । यस वर्षको प्रतियोगिता पूर्व राष्ट्रिय खेलाडी गम्भीर राईको संस्मरणमा हुने अध्यक्ष ढकालले जनाए । त्यस्तै, भद्रपुरका उद्यमी दिपक पोखरेल अध्यक्ष रहेको सौर्य एयरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल प्रतियोगिताको मुख्य प्रायोजक रहनेछ ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, भूटानका स्तरीय क्लवहरुको सहभागिता रहने गोल्डकपका वरिष्ठ उपाध्यक्ष एवम् टिम व्यवस्थापन समितिका संयोजक आदित्य पराजुलीले बताए ।

The post सभामुख घिमिरेद्वारा मेची रंगशाला अवलोकन, सहयोग गर्ने आश्वासन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register