यातायात कार्यालय झापाबाट पक्राउ परेकामाथि पाँच दिन म्याद थप, अनुसन्धान शुरु

झापा, २३ चैत । यातायात व्यवस्था कार्यालय झापामा बिचौलिया काम गर्ने नौ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान शुरु गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शुक्रबार यातायात व्यवस्था कार्यालय झापा आसपासबाट बिचौलिया काम गर्ने दुई महिलासहित नौ जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय झापा प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो [...] The post यातायात कार्यालय झापाबाट पक्राउ परेकामाथि पाँच दिन म्याद थप, अनुसन्धान शुरु appeared first on Jhapa Online.

Apr 5, 2025 - 01:05
 0
यातायात कार्यालय झापाबाट पक्राउ परेकामाथि पाँच दिन म्याद थप, अनुसन्धान शुरु

झापा, २३ चैत । यातायात व्यवस्था कार्यालय झापामा बिचौलिया काम गर्ने नौ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शुक्रबार यातायात व्यवस्था कार्यालय झापा आसपासबाट बिचौलिया काम गर्ने दुई महिलासहित नौ जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय झापा प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा बिर्तामोड–१ का २७ वर्षीय सुरज आचार्य, ४२ वर्षीय तुलसी खतिवडा, कनकाई–१ का २० वर्षीय दिवस राई, बिर्तामोड–५ का ४३ वर्षीय रामप्रसाद ढकाल, बिर्तामोड–२ का २४ वर्षीय टंकप्रसाद राजवंशी, बिर्तामोड–१ की २४ वर्षीया गरिमा घिमिरे, ५२ वर्षीया गीता भेट्वाल, २९ वर्षीय रोसन आचार्य र बिर्तामोड–३ का २६ वर्षीय युवराज लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय झापामा उपस्थित गराई अभद्र व्यवहार मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता खड्काले बताउनुभयो ।

The post यातायात कार्यालय झापाबाट पक्राउ परेकामाथि पाँच दिन म्याद थप, अनुसन्धान शुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register