युएईलाई हराउँदै नेपाल पहिलो पटक ग्लोबल छनोटमा

झापा, ५ जेठ । नेपालले पहिलो पटक आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ । संयुक्त अरब इमिरेट्स ९युएई०लाई पाँच विकेटले पराजित गर्दै सो स्थान बनाएको हो । सुपर–३ को शीर्ष दुईमा स्थान बनाउँदै नेपालले उक्त सफलता प्राप्त गरेको हो । अब नेपालले यसै वर्ष महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता खेल्ने छ [...] The post युएईलाई हराउँदै नेपाल पहिलो पटक ग्लोबल छनोटमा appeared first on Jhapa Online.

May 19, 2025 - 08:28
 0
युएईलाई हराउँदै नेपाल पहिलो पटक ग्लोबल छनोटमा

झापा, ५ जेठ । नेपालले पहिलो पटक आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ । संयुक्त अरब इमिरेट्स ९युएई०लाई पाँच विकेटले पराजित गर्दै सो स्थान बनाएको हो ।

सुपर–३ को शीर्ष दुईमा स्थान बनाउँदै नेपालले उक्त सफलता प्राप्त गरेको हो । अब नेपालले यसै वर्ष महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता खेल्ने छ । ग्लोबल छनोटमा नेपालसहित १० टोली सहभागी हुनेछन् । उक्त प्रतियोगितामा शीर्ष चार स्थान बनाउने टोलीले सन् २०२६ मा इङ्गल्यान्डमा हुने आइसिसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने छन् ।

थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रन बनायो । एक सय १५ रनको विजयी लक्ष्य नेपालले १९ दशमलव ३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३० रन बनाइन् । यसैगरी रुविना क्षेत्रीले २३, सम्झना खड्काले २१, पूजा महतोले १३, राजमती ऐरीले आठ तथा रुवि पोदारले अविजित ६ रन बनाइन् ।

बलिङतर्फ युएईका लागि मिसेल बोथ, सुरक्षा कोटे, वैष्णभी महेश र कप्तान इशा ओजाले एक एक विकेट लिए । यसअघि युएईका लागि ११४ रन बनाउने क्रममा कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन् । त्यस्तै तीर्थ सतिशले २१, हिना होटचन्दनीले २० र लाभन्या केनीले १२ रन बनाए ।

बलिङतर्फ नेपालका लागि मनिषा उपाध्यायले चार, कविता कुँवरले दुई तथा राजमती ऐरीले एक विकेट लिए । यसअघि सुपर–३ को पहिलो खेलमा थाइल्यान्डले युएईलाई ५४ रनले हराउँदै ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ । अब नेपालले सुपर–३ को अन्तिम खेल मङ्गलबार थाइल्यान्डसँग खेल्नेछ ।

The post युएईलाई हराउँदै नेपाल पहिलो पटक ग्लोबल छनोटमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register