गाजा युद्धविराम वार्ताबारे कतारले गरायो ट्रम्पका प्रतिनिधिलाई जानकारी

दोहा । इजिप्ट र अमेरिकासँग मिलेर मध्यस्थता गरिरहेको गाजा युद्धविराम वार्ताबारे मध्यस्थकर्ता कतारले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफलाई शुक्रबार जानकारी गराएको जनाएको छ । दोहामा भएको भेटमा प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले विटकोफसँग यस क्षेत्रको पछिल्लो घटनाक्रम र विशेषगरी गाजामा युद्धविराम गर्ने प्रयासबारे छलफल गरेको कतारी विदेश […]

Jan 11, 2025 - 14:30
 0
गाजा युद्धविराम वार्ताबारे कतारले गरायो ट्रम्पका प्रतिनिधिलाई जानकारी

दोहा । इजिप्ट र अमेरिकासँग मिलेर मध्यस्थता गरिरहेको गाजा युद्धविराम वार्ताबारे मध्यस्थकर्ता कतारले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफलाई शुक्रबार जानकारी गराएको जनाएको छ ।

दोहामा भएको भेटमा प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले विटकोफसँग यस क्षेत्रको पछिल्लो घटनाक्रम र विशेषगरी गाजामा युद्धविराम गर्ने प्रयासबारे छलफल गरेको कतारी विदेश मन्त्रालयले जनाएको छ ।

यसै महिनाको सुरुमा मध्यस्थकर्ताहरूले गाजा युद्ध अन्त्य गर्न र प्यालेस्टिनी क्षेत्रमा बन्धक बनाइएका दर्जनौं इजरायली बन्धकहरूको रिहाईका लागि नयाँ प्रयास सुरु गरेका थिए। कूटनीतिक स्रोतहरूले हमास र इजरायलमाथि अप्रत्यक्ष वार्तामा सम्झौता गर्न अन्तर्राष्ट्रिय दबाब बढिरहेको संकेत गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले वार्तामा ‘वास्तविक प्रगति’ भएको बताएका छन् ।

ट्रम्पले जनवरी २० मा आफ्नो सपथ ग्रहण गर्नुअघि बाँकी बन्दीहरूलाई रिहा नगरे हमासलाई ‘नराम्रो मूल्य चुकाउनु पर्ने’ चेतावनी दिएका थिए ।

विश्लेषकहरूका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले जो बाइडेनको प्रशासनको अन्तिम दिनमा भन्दा ट्रम्पको कार्यकालमा सम्झौतालाई अन्तिम रूप दिन चाहेको बताइँदै आएको छ ।

इजरायली थिङ्क ट्याङ्क ‘मिसगाभ इन्स्टिच्युट फर नेसनल सेक्युरिटी एण्ड जियोनिस्ट स्ट्राटेजी’का वरिष्ठ अनुसन्धानदाता कोबी माइकलले यसै साताको सुरुमा भनेका थिए, “अमेरिकी राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन नेता ट्रम्पले कार्यभार सम्हाल्दासम्म म महत्वपूर्ण प्रगतिको अनुमान गर्न सक्दिनँ ।” एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register