हल्दिबारीका ६८ जना अपाङ्गता भएकालाई सहायक सामग्री, सदुयोग गर्न आग्रह

झापा, २० असार । झापाको हल्दिबारी गाउँपालिकाले यहाँका ६८ जना अपाङ्गता भएकालाई सहायक सामग्री वितरण गरेको छ । नगरपालिकाको कार्यालय परिसरमा आज एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले उनीहरूलाई सहायक सामग्री वितरण गरेको हो । गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष लिङ्देनले नगरपालिकाले प्रदान गरेको [...] The post हल्दिबारीका ६८ जना अपाङ्गता भएकालाई सहायक सामग्री, सदुयोग गर्न आग्रह appeared first on Jhapa Online.

Jul 4, 2025 - 13:23
 0
हल्दिबारीका ६८ जना अपाङ्गता भएकालाई सहायक सामग्री, सदुयोग गर्न आग्रह

झापा, २० असार । झापाको हल्दिबारी गाउँपालिकाले यहाँका ६८ जना अपाङ्गता भएकालाई सहायक सामग्री वितरण गरेको छ ।

नगरपालिकाको कार्यालय परिसरमा आज एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले उनीहरूलाई सहायक सामग्री वितरण गरेको हो । गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले गर्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष लिङ्देनले नगरपालिकाले प्रदान गरेको सहायक सामग्रीको सदुपयोग गर्न आग्रह गर्नुभयो । अपाङ्गता भएकाहरुको दैनिकीलाई सहज बनाउन सहायक सामग्री वितरण गरिएकाले अधिकतम उपयोग गर्न उहाँले आग्रह गर्नुभयो । आज कार्यक्रममा सहायक सामग्री लिन आउन नसकेका÷छुटेकालाई घरघरमा पु¥याउन कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले अपाङ्गताका भएकाहरुको क्षेत्रमा गाउँपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले सहायक सामग्री खरिदका लागि ठूलो रकम खर्च गरिएकाले ती सामग्रीको सदुपयोग गर्न आग्रह गर्नुभयो । सामग्री बिग्रिएमा गाउँपालिकाले मर्मत समेत गरिदिने उहाँले बनाउनुभयो ।

कार्यक्रममा हल्दिबारी १ का वडाध्यक्ष देवीबहादुर थापा, वडा नम्बर २ का कार्यवाहक वडाध्यक्ष रचना कुलुङले कतिपय सहायक सामग्री प्रयोगविहीन भएकाले आफूले प्राप्त गरेको सहायक सामग्रीको सदुपयोग गर्न आग्रह गर्नुभयो । गाउँपालिकाले सहायक सामग्री अपाङ्गता भएका नागरिकहरूको सहजताका लागि सहायक सामग्री वितरण गरिएको बताउनुभयो ।

सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, करुणा फाउण्डेसनसँगको सहकार्यमा र हल्दिबारी गाउँपालिकाले आठ लाख ९६ हजार बराबरको सहायक सामग्री वितरण गरेको गाउँपालिकाकी महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तृष्णा थापा मगरले जानकारी दिनुभयो ।

गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले सहजीकरण गर्नुभएको कार्यक्रममा ह्वील चियर १३ थान, वैशाखी ७ थान, श्रवण यन्त्र १२ थान त्रिपल स्टिक ६ थान, एल स्टिक १२ तान, नेक १ थान, एयर मेट्रेस २ थान, स्टेनिङ फ्रेम ३ थान, ट्वाइलेट स्टेचर ६ थान, वकिङ फ्रेम २ थान र सीपी ह्वीलचियर २ थान वितरण गरिएको थियो ।

कार्यक्रममा गाउँपालिकाका वडा सदस्य बलहादुर वान्तवा, ओपीडी अध्यक्ष लालबहादुर कन्दङ्वा, करुणा फाण्डेशनकी अनुस्का केसी, निश्चल घिमिरे लगायतको आतिथ्य रहेको थियो ।

The post हल्दिबारीका ६८ जना अपाङ्गता भएकालाई सहायक सामग्री, सदुयोग गर्न आग्रह appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register