हल्दिबारी बन्यो झापाकै पहिलो पूर्ण साक्षर पालिका

हल्दिबारी, २० असार । झापाको हल्दिबारी गाउँपालिका पूर्ण साक्षरता पालिका घोषणा गरिएको छ । झापाका १५ वटा पालिकामध्ये हल्दिबारी पहिलो पूर्ण साक्षरता पालिका घोषणा भएको हो । गाउँपालिकाको कार्यालयमा आज पूर्ण साक्षरता पालिका घोषणासँगै पूर्ण खोप पालिका सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । सोही कार्यक्रममा गाउँ शिक्षा योजनाको सार्वजनिक र शैक्षिक सत्र २०८१ को एसईईमा [...] The post हल्दिबारी बन्यो झापाकै पहिलो पूर्ण साक्षर पालिका appeared first on Jhapa Online.

Jul 4, 2025 - 16:05
 0
हल्दिबारी बन्यो झापाकै पहिलो पूर्ण साक्षर पालिका

हल्दिबारी, २० असार । झापाको हल्दिबारी गाउँपालिका पूर्ण साक्षरता पालिका घोषणा गरिएको छ । झापाका १५ वटा पालिकामध्ये हल्दिबारी पहिलो पूर्ण साक्षरता पालिका घोषणा भएको हो ।

गाउँपालिकाको कार्यालयमा आज पूर्ण साक्षरता पालिका घोषणासँगै पूर्ण खोप पालिका सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । सोही कार्यक्रममा गाउँ शिक्षा योजनाको सार्वजनिक र शैक्षिक सत्र २०८१ को एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने ३२ जना विद्यार्थीलाई सम्मान गरिएको छ ।

२०८१ को एसईईमा उत्कृष्ट नतिजा ल्याउने पालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका ३२ जना विद्यार्थीलाई नगद, प्रमाणपत्रसहित सम्मान गरिएको हो । हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा झापा क्षेत्र नं. ३ का सांसद तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्य रहेको थियो ।

प्रमुख अतिथि सांसद लिङ्देनले कार्यक्रमलाई सम्बोधन गर्दै सबैभन्दा बढी प्राथमिकता दिनुपर्ने क्षेत्र शिक्षा र स्वास्थ्य रहेको बताउनुभयो । ‘शिक्षा र स्वास्थ्यको क्षेत्रको विकास मैले जोड दिदै आएको छु’, नेता लिङ्देनले भन्नुभयो ।

उहाँले जबसम्म शिक्षा र स्वास्थ्य सबै जनताको पहुँचका रुपमा स्थापित हुँदैन, तबसम्म देशले प्रगति गर्यो भन्न नमिल्ने बताउनुभयो । बाटाहरु र ठूला–ठूला भवन बनेर पनि शिक्षा र स्वास्थ्यमा प्रगति नभए त्यसको कुनै अर्थ नरहने उहाँले बताउनुभयो । उहाँले राज्यले सबैका लागि शिक्षा, स्वास्थ्य पूर्ण रुपमा निःशुल्क हुनु पर्ने उहाँको भनाइ थियो ।

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा वडा नम्बर २ की कार्यवाहक वडाध्यक्ष रचना कुलुङले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

पालिकाका स्वास्थ्य शाखा प्रमुख पुस्कर निरौलाले पालिको स्वास्थ्यका विषयमा जानकारी गराएको कार्यक्रममा शिक्षा शाखा प्रमुख जनक कुमारी राईले पालिकाको शिक्षाका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रमको सञ्चालन पालिकाका योजना शाखा प्रमुख राजन न्यौपाले गर्नुभएको थियो ।

कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्य तथा जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पालिकाका कर्मचारीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

The post हल्दिबारी बन्यो झापाकै पहिलो पूर्ण साक्षर पालिका appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register