चीनले ऊर्जा बचत गर्ने ‘कार्बन फाइबर मेट्रो ट्रेन’ सञ्चालनमा ल्यायो

एजेन्सी । पूर्वी चीनको शानडोङ प्रान्तको बन्दरगाह सहर चेङ्दुमा सेट्रोभो १.० नामक कार्बन फाइबर मेट्रो ट्रेनले शुक्रबार यात्रु सेवा सुरु गरेको छ । यो मेट्रो ट्रेनमा कार्बन फाइबर कम्पोजिट बडी फ्रेम रहेको छ । यसले मेट्रो ट्रेनको बडी र बोगी फ्रेमको तौल क्रमशः २५ प्रतिशत र ५० प्रतिशतले घटाउँछ । सीआरआरसी लिमिटेडका ट्रेनका मुख्य डिजाइनर […]

Jan 12, 2025 - 12:33
 0
चीनले ऊर्जा बचत गर्ने ‘कार्बन फाइबर मेट्रो ट्रेन’ सञ्चालनमा ल्यायो

एजेन्सी । पूर्वी चीनको शानडोङ प्रान्तको बन्दरगाह सहर चेङ्दुमा सेट्रोभो १.० नामक कार्बन फाइबर मेट्रो ट्रेनले शुक्रबार यात्रु सेवा सुरु गरेको छ ।

यो मेट्रो ट्रेनमा कार्बन फाइबर कम्पोजिट बडी फ्रेम रहेको छ । यसले मेट्रो ट्रेनको बडी र बोगी फ्रेमको तौल क्रमशः २५ प्रतिशत र ५० प्रतिशतले घटाउँछ ।

सीआरआरसी लिमिटेडका ट्रेनका मुख्य डिजाइनर लिउ जिन्झुले सञ्चालनका क्रममा प्रत्येक ट्रेनको ऊर्जा खपत ७ प्रतिशतले घटाउन सकिने बताए । यसले गर्दा वार्षिक रूपमा १३० टन कार्बनडाइअक्साइड उत्सर्जनमा कमी आउनेछ ।

विशेष गरी, कार्बन फाइबर सामग्रीको प्रयोगले गाडीलाई बलियो बनाउँछ । साथै, यसको संरचनाको स्थायित्व बढाउँछ । यस ट्रेनको क्याबिन भित्री भाग कार्बन फाइबर तत्वहरूले भरिपूर्ण छ ।

ट्रेनमा उन्नत भाइब्रेसन ड्याम्पिङ र साउन्ड आइसोलेसन पनि समावेश छ, जसले यात्रुहरूका लागि सहज सवारी र थप सहज अनुभव सुनिश्चित गर्दछ । सिन्ह्रा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register