सभापति कप: आयोजक बागमती फाइनलमा (तस्वीरहरु)
काठमाडौं। नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा दशरथ रंगशालामा जारी सभापति कप फुटबल प्रतियोगितामा आयोजक बागमती उपाधी नजिक पुगेको छ । मंगलबार भएको दोस्रो सेमिफाइनलमा एनआरटीलाई पेनाल्टी सुटआउटमा ६-४ गोल अन्तरले हराउँदै बागमती लोकतान्त्रिक उपाधीको नजिक पुगेको हो । खेलको सुरुवातमै उत्कृष्ट लय समातेको बागमतीको तर्फबाट ११ औं मिनेटमा जर्सी नम्बर ४ […]

काठमाडौं। नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा दशरथ रंगशालामा जारी सभापति कप फुटबल प्रतियोगितामा आयोजक बागमती उपाधी नजिक पुगेको छ ।
मंगलबार भएको दोस्रो सेमिफाइनलमा एनआरटीलाई पेनाल्टी सुटआउटमा ६-४ गोल अन्तरले हराउँदै बागमती लोकतान्त्रिक उपाधीको नजिक पुगेको हो ।
खेलको सुरुवातमै उत्कृष्ट लय समातेको बागमतीको तर्फबाट ११ औं मिनेटमा जर्सी नम्बर ४ का सन्दीप कार्की र १३ औं मिनेटमा जर्सी नम्बर १५ का आइकिन्स केईले गोल गर्दै आफ्नो टिमलाई पहिलो हाफमा २ गोलको अग्रता दिलाए।
यसैगरी दोस्रो हाफमा आक्रमक देखिएको एनआरटीको तर्फबाट ४६ औं र ६८ औं मिनेटमा जर्सी नम्बर ७ का किर्ती रत्न छुन्जुले गोल गर्दै खेललाई बराबरीमा पुर्याए। निर्धारित ९० मिनेट सम्म खेल बराबरी भएपछि प्रतियोगिताको नतिजा पेनाल्टी सुटआउटबाट गरिएको थियो।
प्रतियोगिताको प्लेयर अफ द म्याच बागमतीका गोलरक्षक तथा क्याप्टेन बिकेश कुथु भएका छन्।
सर्वाधिक पुरस्कार राशि भएको यस प्रतियोगिताको विजेताले नगद २६ लाख र उप विजेताले नगद १३ लाख पाउनेछन्। प्रतियोगिताको फाइनल माघ १७ गते बिहीवार हुनेछ।
तस्वीरहरु-
What's Your Reaction?






