आज कुन कुन विदेशी मुद्राको मूल्य बढ्यो ?

झापा, १ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्य कायम गरेको छ। त्यसैगरी आज कुवेती र बहराइन दिनारको पनि भाउ निकै बढेको छ । अस्ट्रेलियन डलर, पाउन्ड, युरोसहितका मुद्रा पनि आज महँगिएका नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय [...] The post आज कुन कुन विदेशी मुद्राको मूल्य बढ्यो ? appeared first on Jhapa Online.

Jan 14, 2025 - 00:54
 0
आज कुन कुन विदेशी मुद्राको मूल्य बढ्यो ?

झापा, १ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्य कायम गरेको छ। त्यसैगरी आज कुवेती र बहराइन दिनारको पनि भाउ निकै बढेको छ । अस्ट्रेलियन डलर, पाउन्ड, युरोसहितका मुद्रा पनि आज महँगिएका नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८३ पैसा छ।

अमेरिकी डलरको यो कारोबार मूल्य अहिलेसम्मकै उच्च हो। विगत केही समययता अमेरिकी डलरको मूल्य लगातार बढ्दै आएको छ।

हिजो मेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा थियो। त्यसैगरी आज युरो एकको खरिदर एक सय ४० रुपैया ८६ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ४७ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४० रुपैया ६२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ २३ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६७ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ६८ रुपैयाँ ३२ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६७ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ६८ रुपैयाँ २९ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९८ र बिक्रीदर ८५ रुपैयाँ ३५ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ३८ र बिक्रीदर ८४ रुपैयाँ ७५ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ५२ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ४६ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४४ रुपैयाँ ६१ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ ५५ पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ६७ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ २६ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६४ रुपैयाँ ०६ पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ ६५ पैसा थियो।

The post आज कुन कुन विदेशी मुद्राको मूल्य बढ्यो ? appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register