भद्रपुरका युवालाई धमाधम निःशुल्क लोकसेवा तयारी कक्षा दिइँदै

भद्रपुर, २४ बैशाख । झापाको भद्रपुर नगरपालिकाले यहाँका युवालाई लोकसेवा तयारी कक्षा प्रदान गरिरहेको छ । युवाहरुलाई प्रशासनिक क्षेत्रमा रोजगारीको पहुँच पु¥याउने उद्देश्यले नगरपालिकाले यहाँका ७० जना युवालाई लोकसेवा तयारी कक्षा प्रदान गरिरहेको नगरपालिकाकी सामाजिक विकास अधिकृत जीवनकला राउतले जानकारी दिनुभयो । चैत ९ गतेदेखि नायब सुब्बा पदका लागि ५० दिने तयारी कक्षा धमाधम भइरहेको [...] The post भद्रपुरका युवालाई धमाधम निःशुल्क लोकसेवा तयारी कक्षा दिइँदै appeared first on Jhapa Online.

May 7, 2025 - 03:40
 0
भद्रपुरका युवालाई धमाधम निःशुल्क लोकसेवा तयारी कक्षा दिइँदै

भद्रपुर, २४ बैशाख । झापाको भद्रपुर नगरपालिकाले यहाँका युवालाई लोकसेवा तयारी कक्षा प्रदान गरिरहेको छ ।

युवाहरुलाई प्रशासनिक क्षेत्रमा रोजगारीको पहुँच पु¥याउने उद्देश्यले नगरपालिकाले यहाँका ७० जना युवालाई लोकसेवा तयारी कक्षा प्रदान गरिरहेको नगरपालिकाकी सामाजिक विकास अधिकृत जीवनकला राउतले जानकारी दिनुभयो ।

चैत ९ गतेदेखि नायब सुब्बा पदका लागि ५० दिने तयारी कक्षा धमाधम भइरहेको उहाँले बताउनुभयो ।

युवालाई रोजगार बनाएर स्वदेशमै टिकाउन लोकसेवा कक्षा सञ्चालन गरिएको नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको भनाई छ । तालिमले यहाँका युवालाई प्रशासनिक क्षेत्रमा रोजगार बन्न सहयोग मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले उपलब्ध गराएको अवसरबाट भरपुर लाभ लिन उहाँले आग्रहसमेत गर्नुभयो ।

चन्द्रगढीस्थित विरेन्द्र माविमा कक्षा सञ्चालन भइरहेको छ । नगरपालिकाले गत वर्ष सञ्चालन गरेको लोकसेवा तयारी कक्षा सहभागी भएर लोकसेवा आयोगबाट नाम निकाल्न सफल भएका ३ जनालाई सम्मान समेत गरिएको सामाजिक विकास अधिकृत राउतले बताउनुभयो ।

The post भद्रपुरका युवालाई धमाधम निःशुल्क लोकसेवा तयारी कक्षा दिइँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register