यो वर्ष एसइईको परीक्षा चैत ७ गतेदेखि सुरु हुने

काठमाडौँ । शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा चैत ७ गतेदेखि हुने भएको छ । मंगलबार एक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० (एसइई)को परीक्षा चैत ७ गतेदेखि हुने जनाएको हो । कार्यालयका अनुसार परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ भने ११ बजे सकिनेछ । परीक्षा चैत ७ […]

Jan 14, 2025 - 03:26
 0
यो वर्ष एसइईको परीक्षा चैत ७ गतेदेखि सुरु हुने

काठमाडौँ । शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा चैत ७ गतेदेखि हुने भएको छ ।

मंगलबार एक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० (एसइई)को परीक्षा चैत ७ गतेदेखि हुने जनाएको हो । कार्यालयका अनुसार परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ भने ११ बजे सकिनेछ । परीक्षा चैत ७ गतेदेखि १९ गतेसम्म चल्नेछ ।

पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृतम् वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ ।  

त्यस्तै, परीक्षाको दोस्रो दिन भने अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीको लागि अङ्ग्रेजी र तेस्रो अनिवार्य गणितको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यस्तो छ परीक्षाको तालिकाः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register