झापाको शिवसताक्षीबाट ब्राउनसुगरसहित एक जना पक्राउ

झापा, ८ जेठ । झापाको शिवसताक्षी नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । शिवसतक्षी–६ शिवगञ्जका परमानन्द साहले लागुऔषध ओसारपसार तथा बेचबिखन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनको घरमा गएर चेकजाँच गर्ने क्रममा प्लास्टिक बाहेक २ ग्राम ९०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । साहको ओछ्यानको सिरानी मुनि खुकुरी चुरोटको बट्टाभित्र प्लाष्टिकले बेरेर लुकाएर [...] The post झापाको शिवसताक्षीबाट ब्राउनसुगरसहित एक जना पक्राउ appeared first on Jhapa Online.

May 22, 2025 - 16:27
 0
झापाको शिवसताक्षीबाट ब्राउनसुगरसहित एक जना पक्राउ

झापा, ८ जेठ । झापाको शिवसताक्षी नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।

शिवसतक्षी–६ शिवगञ्जका परमानन्द साहले लागुऔषध ओसारपसार तथा बेचबिखन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनको घरमा गएर चेकजाँच गर्ने क्रममा प्लास्टिक बाहेक २ ग्राम ९०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।

साहको ओछ्यानको सिरानी मुनि खुकुरी चुरोटको बट्टाभित्र प्लाष्टिकले बेरेर लुकाएर राखेको ४६ पोका लागुऔषध ब्राउनसुगर फेला परेको थियो । लागुऔषध र परमानन्द साहलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झिलझिलेबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post झापाको शिवसताक्षीबाट ब्राउनसुगरसहित एक जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register