एनआरएनए यूके निर्वाचन र महाधिवेशन जुलाइ २६ र २७ मा

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन आगामी जुलाइ २६ मा हुने भएको छ । बुधबार अध्यक्ष हित काजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यसमिति बैठकले यसअघि निर्धारित तिथिलाई सच्याउंदै २६ जुलाइमा निर्वाचन र २७ तारिखमा १२ औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले संस्थाको नयाँ सदस्यता तथा नविकरणका लागि समयसीमा पनि जुन २५ तारिख […]

May 22, 2025 - 17:49
 0
एनआरएनए यूके निर्वाचन र महाधिवेशन जुलाइ २६ र २७ मा

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन आगामी जुलाइ २६ मा हुने भएको छ ।

बुधबार अध्यक्ष हित काजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यसमिति बैठकले यसअघि निर्धारित तिथिलाई सच्याउंदै २६ जुलाइमा निर्वाचन र २७ तारिखमा १२ औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले संस्थाको नयाँ सदस्यता तथा नविकरणका लागि समयसीमा पनि जुन २५ तारिख मध्यरातसम्मलाई बिस्तार गर्ने निर्णय गरेको महासचिव गोविन्द खरेलले नेपालीलिंकलाई जानकारी दिए ।

महाधिवेशन भिलेज होटेल फार्नबरोमा आयोजना गर्ने तयारी रहेको खरेलले बताए । महाधिवेशनमा नेपाल सरकारका मन्त्रीहरुसमेतलाई अतिथिका रुपमा निम्त्याइने भएको छ ।

बैठकले निर्वाचन समितिलाई आवश्यक प्राविधिक र लजिस्टिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै, सदस्यता अनुमोदन र आर्थिक कारोबारलाई सहज बनाउन संस्थाको बैंक खाता हस्ताक्षरकर्तामा अध्यक्ष हित काजी गुरुङ र महासचिव गोविन्द खरेललाई पनि थप गर्न कोषाध्यक्ष विष्णु खरेललाई जिम्मेवारी दिइएको छ ।

एनआरएनए यूकेले सदस्यता वितरणलाई तीव्र पार्ने निर्णय गर्दै उपाध्यक्ष मनिष खत्रीलाई सदस्यता अभियान संयोजक तोकेको छ । उनकै संयोजनमा यही आइतबार हुने गोर्खाकपमा पनि एनआरएनए यूकेको स्टल राखिने भएको छ ।

सदस्यता वितरणबारे प्रचारप्रसार गर्न बेलायतमा विभिन्न कार्यक्रम समेत गर्ने योजना बनाइएको छ ।

अध्यक्ष हित काजी गुरुङले अध्यक्षता र महासचिव गोविन्द खरेलले सञ्चालन गरेको बैठकमा कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्य, बेलायतबाट प्रतिनिधित्व गर्ने आइसीसीका पदाधिकारी तथा एनआरएनए यूकेअन्तर्गत विभिन्न राज्य समन्वय परिषदका पदाधिकारीसमेतको सहभागिता थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register