अमेरिकामा आगलागीबाट मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो, २३ जना बेपत्ता

काठमाडौं । अमेरिकाको लस एन्जलसमा आगलागीका मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । साथै २३ जना बेपत्ता भएका छन् । मङ्लबार बिहानसम्म आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । आगो अझै फैलिरहेका क्षेत्रहरूमा पालिसेड्स, इटन र हस्र्टलगायत रहेको बीबीसीको समाचारमा उल्लेख छ । आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पलिसेडेस पहिलो स्थानमा छ । यहाँ […]

Jan 14, 2025 - 04:47
 0
अमेरिकामा आगलागीबाट मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो, २३ जना बेपत्ता

काठमाडौं । अमेरिकाको लस एन्जलसमा आगलागीका मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । साथै २३ जना बेपत्ता भएका छन् ।

मङ्लबार बिहानसम्म आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन ।

आगो अझै फैलिरहेका क्षेत्रहरूमा पालिसेड्स, इटन र हस्र्टलगायत रहेको बीबीसीको समाचारमा उल्लेख छ ।

आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पलिसेडेस पहिलो स्थानमा छ । यहाँ २३ एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको आगो १४ प्रतिशत मात्रै नियन्त्रणमा आएको छ । पाँच हजारभन्दा बढी आगो निभाउनमा जुटेका छन् ।

आगलागीबाट दोस्रो बढी प्रभावित क्षेत्र इटनमा ३३ प्रतिशत मात्रै नियन्त्रणमा आएको छ । अहिले पनि १४ हजार एकडभन्दा बढी क्षेत्रमा आगो बलिरहेको छ ।

आगो शतप्रतिशत नियन्त्रणमा आउन सकेको छैन । तर आगो अझै फैलिनबाट भने रोकिएको छ ।

नेसनल वेदर सर्भिसका मौसमविद् रिच थम्पसनले सान्ता आना हावाका कारण आगो फैलिएको बताए ।

अमेरिकी राष्ट्रपति जो बाइडनले २४ जनाको मृत्युको खरबरले आफ्नो हृदय दुःखेको बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register