त्रिचन्द्र निर्वाचन : नेविसङ्घका कोइरालाको दोब्बरभन्दा बढी मतको अग्रता

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा भएको स्ववियू निर्वाचनको मत गणनामा नेविसङ्घका सभापतिका उम्मेदवार गोविन्द कोइरालाले दोब्बर बढी मतले अग्रता कायम गरेका छन् । पछिल्लो विवरणअनुसार ७८२ मत गणना हुँदा  कोइरालाले ३३६ मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्रका सागर न्यौपानेले १९२, अनेरास्ववियुका प्रमित बिष्टले १३५ र अखिल क्रान्तिकारीका प्रबिल भट्टले २४ मत ल्याएका छन् । यस्तै सचिवमा […]

Apr 2, 2025 - 15:16
 0
त्रिचन्द्र निर्वाचन : नेविसङ्घका कोइरालाको दोब्बरभन्दा बढी मतको अग्रता

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा भएको स्ववियू निर्वाचनको मत गणनामा नेविसङ्घका सभापतिका उम्मेदवार गोविन्द कोइरालाले दोब्बर बढी मतले अग्रता कायम गरेका छन् ।

पछिल्लो विवरणअनुसार ७८२ मत गणना हुँदा  कोइरालाले ३३६ मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्रका सागर न्यौपानेले १९२, अनेरास्ववियुका प्रमित बिष्टले १३५ र अखिल क्रान्तिकारीका प्रबिल भट्टले २४ मत ल्याएका छन् ।

यस्तै सचिवमा पनि नेविसंघको अग्रता रहेको छ। आशिष गिरीले २८९ मत ल्याउँदा स्वतन्त्रका गौरप पाण्डेले २१५ मत पाए ।    अनेरास्ववियुका सुमन पुलामिले १४२ पाउँदा अखिल क्रान्तिकारीका अनुप अत्रीले ४३ मत पाएका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register