एपीएफले कर्णालीलाई १११ रनले हरायो

काठमाडौं । महिला प्रधानमन्त्री कप क्रिकेटमा कर्णाली प्रदेशलाई पराजित गर्दै एपीएफले पहिलो जित हासिल गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा एपीएफले कर्णालीलाई १११ रनले पराजित गरेको हो । एपीएफले दिएको १८३ रनको लक्ष्य पछ्याएको कर्णाली पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा मात्र ७१ रनमा सीमित भयो । कर्णालीका लागि दिक्षा पूरीले […]

Jan 14, 2025 - 10:41
 0
एपीएफले कर्णालीलाई १११ रनले हरायो

काठमाडौं । महिला प्रधानमन्त्री कप क्रिकेटमा कर्णाली प्रदेशलाई पराजित गर्दै एपीएफले पहिलो जित हासिल गरेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा एपीएफले कर्णालीलाई १११ रनले पराजित गरेको हो ।

एपीएफले दिएको १८३ रनको लक्ष्य पछ्याएको कर्णाली पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा मात्र ७१ रनमा सीमित भयो ।

कर्णालीका लागि दिक्षा पूरीले १७ रन बनाइन । रमा बुढाथोकीले १० रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

एपीएफका लागि करुणा भण्डारीले ३ विकेट लिइन् । विनु बुढा, रेखा रावल र सुमन विष्टले १–१ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफले पूरै २० ओभर खेलेर एक विकेटको क्षतिमा १८२ रन बनाएको थियो ।

एपीएफका लागि ममता चौधरीले अर्धशतकीय पारी खेलिन् । ७८ रनमा अविजित रहिन् । त्यसक्रममा उनले १० चौका प्रहार गरिन् ।

इन्दु बर्माले पनि अर्धशतक पारी खेलिन् । उनले ३४ बलमा ७ चौका प्रहार गर्दै ५२ रन बनाइन् । ओपनर राजमती ऐरीले २२ रन बनाइन् ।

कर्णालीका लागि दीक्षा पूरीले १ विकेट लिइन् ।

अब बुधबार लुम्बिनी र सुदूरपश्चिम प्रदेश बिहान ९ बजे आमनेसामने हुनेछन् । अर्को खेलमा १ बजे एपीएफ र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register