क्रोएसिया पठाइदिने भन्दै १५ लाख ठगी

झापा, २ माघ । वैदेशिक रोजगारमा क्रोएसिया पठाइदिने भन्दै १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौँबाट एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका-५ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–२ बस्ने २९ वर्षीय निम पासी शेर्पा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। उनले भने, [...] The post क्रोएसिया पठाइदिने भन्दै १५ लाख ठगी appeared first on Jhapa Online.

Jan 15, 2025 - 03:06
 0
क्रोएसिया पठाइदिने भन्दै १५ लाख ठगी

झापा, २ माघ । वैदेशिक रोजगारमा क्रोएसिया पठाइदिने भन्दै १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौँबाट एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका-५ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–२ बस्ने २९ वर्षीय निम पासी शेर्पा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, ‘शेर्पाले क्रोएसिया पठाइदिने भन्दै दुई जनाबाट रु १५ लाख लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको हो।’ निजलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

The post क्रोएसिया पठाइदिने भन्दै १५ लाख ठगी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register