चैत ३० गते झापामा एमाले जागरण सभा, शेरधनले खुलाए सडकमा उत्रिनुको कारण

दमक, २६ चैत । झापाको दमकमा हुने एमालेको जनसभा जनताको साझा कार्यक्रम रहेको नेकपा एमाले कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले बताउनुभएको छ । आज झापाको दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले चैत ३० को कार्यक्रम जनताको मुद्धामा केन्द्रीत हुने बताउनुभयो । एमाले सरकारमा छ, एमाले नै सडकमा किन आउनुपर्यो भन्ने जिज्ञासा [...] The post चैत ३० गते झापामा एमाले जागरण सभा, शेरधनले खुलाए सडकमा उत्रिनुको कारण appeared first on Jhapa Online.

Apr 8, 2025 - 13:52
 0
चैत ३० गते झापामा एमाले जागरण सभा, शेरधनले खुलाए सडकमा उत्रिनुको कारण

दमक, २६ चैत । झापाको दमकमा हुने एमालेको जनसभा जनताको साझा कार्यक्रम रहेको नेकपा एमाले कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले बताउनुभएको छ । आज झापाको दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले चैत ३० को कार्यक्रम जनताको मुद्धामा केन्द्रीत हुने बताउनुभयो ।

एमाले सरकारमा छ, एमाले नै सडकमा किन आउनुपर्यो भन्ने जिज्ञासा बारे बोल्दै नेता राईले भन्नुभयो – ‘लोकतन्त्र र गणतन्त्र सत्ताको मात्र विषय होइन । यो जनातको मुद्धा हो । यो जनसभा सरकारको कामसँग सम्बन्धित छैन । जनताले आफ्नो बलिदानीबाट प्राप्त गरेको उपलब्धीसँग सम्बन्धित छ । यो सवाल आम जनताको सवाल हो, जनताको सवाल एमालेको सवाल हो । त्यसैले सडकमा आउँछौं ।’ संविधानको रक्षाका लागि सडकमा आएको उहाँको धारणा छ ।

राष्ट्रहितका लागि निर्णायक शक्ति एमाले भएकाले उपलब्धी रक्षाका लागि जनसभाको आयोजना गरिएको उहाँको धारणा छ । एमाले जनताको आवाज बोकेर हिड्ने पार्टी भएकाले चैत ३० गते सबैलाई सहभागी हुन आव्हान गर्दछौं, उहाँले थप्नुभयो ।

दमक–७ स्थित पशुहाटमा आयोजना गरिने जनसभामा एमालेले १ लाख जनता उतार्ने तयारी गरेको छ । कोशी प्रदेश स्तरीय जनसभाको आवश्यक तयारी अन्तिम चरणमा पुगेको मुल स्टेरिङ कमिटीका संयोजक पार्टीका स्थायी कमिटी सदस्य शेरधन राईले जानकारी दिनुभयो ।

जनसभाको प्राविधिक कामहरु धमाधम भइरहेको बताउँदै उहाँले चैत ३० गते सबै झापाबासी जनतालाई सहभागिताका लागि आव्हान गर्नुभएको छ । यस्तै, पत्रकार सम्मेलनमा उहाँले जनसभामा सहभागीहरु आफ्नै व्यवस्थापनमा आउने जानकारी दिनुभयो ।

जनसभाको प्रचारका लागि २९ गते मोटरसाइकल र्लायी आयोजना गरिएको बताइएको छ । दमकबाट सुरु हुने र्याली बाह्रघरे–स्कुल चौन – गौरीगञ्ज – गौरादह हुँदै–पाँडाजुँगीमा समापन हुने छ । सभालाई पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नु हुने भएको छ 

The post चैत ३० गते झापामा एमाले जागरण सभा, शेरधनले खुलाए सडकमा उत्रिनुको कारण appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register