बढाइएको पेट्रोल र डिजेलको मूल्य आज बिहानैदेखि लागू

काठमाडौं । नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्य आज (बिहीबार) बिहानैदेखि लागू भएको छ । बिहान १२ बजे १ मिनेट जाँदादेखि मूल्य वृद्धिको नियम लागू भएको निगमले जनाएको छ । बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेलमा प्रतिलिटर ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको थियो । इन्डियन आयल कर्पोरेशनबाट बुधबार पेट्रोलमा […]

Jan 16, 2025 - 01:29
 0
बढाइएको पेट्रोल र डिजेलको मूल्य आज बिहानैदेखि लागू

काठमाडौं । नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्य आज (बिहीबार) बिहानैदेखि लागू भएको छ ।

बिहान १२ बजे १ मिनेट जाँदादेखि मूल्य वृद्धिको नियम लागू भएको निगमले जनाएको छ ।

बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेलमा प्रतिलिटर ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको थियो ।

इन्डियन आयल कर्पोरेशनबाट बुधबार पेट्रोलमा २.२४ र डिजेलमा ३.५५ रुपैयाँले मूल्य बढेर आएपछि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

योसँगै अब पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५३.५०, दोस्रोमा १५५ र तेस्रो १५६ रुपैयाँ पुगेको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register