लागूऔषधसहित ६ जना पक्राउ

धनगढी । कैलाली कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। कैलालीबाट चार र कञ्चनपुरबाट दुई गरी ६ जना लागूऔषधसहित पक्राउ परेका हुन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाका ७७ वर्षीय डबल कठायत ७९ ग्राम ५ सय मिलिग्राम चरेससहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिएको प्रहरी टोलीले चरेससहित उनलाई घरबाटै नियन्त्रणमा लिएको हो। यस्तै भीमदत्त […]

Jan 17, 2025 - 14:16
 0
लागूऔषधसहित ६ जना पक्राउ

धनगढी ।

कैलाली कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। कैलालीबाट चार र कञ्चनपुरबाट दुई गरी ६ जना लागूऔषधसहित पक्राउ परेका हुन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाका ७७ वर्षीय डबल कठायत ७९ ग्राम ५ सय मिलिग्राम चरेससहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिएको प्रहरी टोलीले चरेससहित उनलाई घरबाटै नियन्त्रणमा लिएको हो। यस्तै भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट ७ ग्राम ६ सय ५० मिलिग्राम लागूऔषधसहित भीमदत्त नगरपालिका–१८ का २१ वर्षीय मोहन बस्नेत पनि पक्राउ परेका छन्। इ

लाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएकवो हो। यता कैलालीको धनगढी उपमहानगरपालिका–३ शिशा पोष्ट नजिकबाट १ ग्राम ३८० मिलिग्राम लागूऔषधसहित धनगढी–१३ का २० वर्षीय रमेश राना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।

यस्तै धनगढी उपमहानगरपालिका–३ बोराडाँडीबाट २३० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका–३ का २९ वर्षीय गोबिन्दसिहं महरा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो। यस्तै धनगढी उपमहानगरपालिका–३ सिसा पोष्ट नजिकबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २२ वर्षीय प्रकाश घरेडी ३७ ट्याब्लेट नाईट्रापाम नामक लागूऔषधसहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। यस्तै गोदावरी नगरपालिका–५ मेडिकल कलेज नजिकबाट लागूऔषधसहित थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले गोदावरी–५ का ३३ वर्षीय ओकेन्द्र चौधरीलाई पक्राउ गरेको हो। चौधरीले नाकको दाहिने पट्टीको प्वाँलभित्र लुकाई राखेको १ ग्राम ३४० मिलीग्राम लागुऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ।


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register