सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । केही दिनयता लगातार बढिरहेको सुनको मूल्य आज भने घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो । आज छापावाल सुन तोलामा १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि […]

Jan 19, 2025 - 05:21
 0
सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ ।

केही दिनयता लगातार बढिरहेको सुनको मूल्य आज भने घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुन तोलामा १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३० रुपैयाँले घटेको महासङ्घले जनाएको छ ।

आज चाँदी प्रतितोला १ हजार ८६० रुपैयाँले कारोबार भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register