शेफलाई रक्ताम्मे अवस्थामा छाडेर करिना दिदीको घर गएको खुलासा

काठमाडौं । बलिउड अभिनेता शेफअली खानमाथि घरमै छुरा प्रहार भएको घटनाबारे एकपछि अर्को खुलासा भइरहेका छन् । यसै क्रममा अभिनेत्रीसमेत रहेकी उनकी पत्नी करिना कपुर आक्रमणका बेला घरमै भएको तर, रक्ताम्मे अवस्थामा शेफलाई अस्पतालमै छाडेर दिदी करिश्माको घर गएको खुलासा भएको छ । आक्रमणकारीले कान्छो छोरा जहाँगीरमाथि आकम्रण गर्न अगाडि बढिरहेको देखेपछि बचाउन शेफ बचाउन […]

Jan 20, 2025 - 06:06
 0
शेफलाई रक्ताम्मे अवस्थामा छाडेर करिना दिदीको घर गएको खुलासा

काठमाडौं । बलिउड अभिनेता शेफअली खानमाथि घरमै छुरा प्रहार भएको घटनाबारे एकपछि अर्को खुलासा भइरहेका छन् ।

यसै क्रममा अभिनेत्रीसमेत रहेकी उनकी पत्नी करिना कपुर आक्रमणका बेला घरमै भएको तर, रक्ताम्मे अवस्थामा शेफलाई अस्पतालमै छाडेर दिदी करिश्माको घर गएको खुलासा भएको छ ।

आक्रमणकारीले कान्छो छोरा जहाँगीरमाथि आकम्रण गर्न अगाडि बढिरहेको देखेपछि बचाउन शेफ बचाउन आएको करिनाले बताएकी छन् ।

भारतीय सञ्चारमाध्यम अमर उजालाकाअनुसार आत्मरक्षाका लागि तरबार लिन शेफ फर्कंदा आक्रमणकारीले उनलाई चक्कुले हानेका थिए ।

करिनाका अनुसार ती व्यक्तिले घरबाट चोरी भने केही गरेनन् । करिना पनि घाइते शेफसँगै अस्पताल गएकी थिइन् ।

घटनापछि उनी निकै डराएकी थिइन् । त्यसपछि सैफलाई अस्पतालबाट उनी आफ्नी दिदीको घर गइन् ।

यो घटनापछि करिश्माले करिनालाई खारस्थित आफ्नो घरमा लगेकी थिइन् । चक्कुले शेफका घाँटी र हातमा गहिरो चोट लागेको करिनाले बताएकी छन् ।

अस्पतालमा उपचाररत शेफको स्वास्थ्य सुधार हुँदै गएकाले उनलाई सामान्य वार्डमा सारिएको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् ।

शेफअलीमाथि आक्रमण गर्ने को हुन्, कसरी गरेका थिए हमला ?

५ हजार करोडका मालिक शेफअली : पटौदीका ‘छोटे नवाब’देखि बलिउड अभिनेतासम्म

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register