महाराजगन्ज चिकित्सा क्याम्पसका निमित्त प्रमुख उप्रेतीले दिए राजीनामा 

काठमाडौँ।  महाराजगन्ज चिकित्सा क्याम्पसका निमित्त क्याम्पस प्रमुख प्रा डा सुरेश उप्रेतीले पदबाट राजीनामा दिएका छन् । चिकित्सा शास्त्र अध्ययन संस्थानले  महाराजगन्ज चिकित्सा क्याम्पसको क्याम्पस प्रमुखको आवेदन माग गरेकै समयमा उनले राजीनामा दिएका हुन्।   विद्यार्थीहरूले दबाब दिएपछि  उनले राजीनामा दिएको र अब उक्त जिम्मेवारीमा नफर्किने बाचासमेत उनले गरेको विद्यार्थीहरूले बताएका छन् । यस अघि सहायक क्याम्पस […]

Jan 21, 2025 - 12:59
 0
महाराजगन्ज चिकित्सा क्याम्पसका निमित्त प्रमुख उप्रेतीले दिए राजीनामा 

काठमाडौँ। 

महाराजगन्ज चिकित्सा क्याम्पसका निमित्त क्याम्पस प्रमुख प्रा डा सुरेश उप्रेतीले पदबाट राजीनामा दिएका छन् । चिकित्सा शास्त्र अध्ययन संस्थानले  महाराजगन्ज चिकित्सा क्याम्पसको क्याम्पस प्रमुखको आवेदन माग गरेकै समयमा उनले राजीनामा दिएका हुन्। 

 विद्यार्थीहरूले दबाब दिएपछि  उनले राजीनामा दिएको र अब उक्त जिम्मेवारीमा नफर्किने बाचासमेत उनले गरेको विद्यार्थीहरूले बताएका छन् ।

यस अघि सहायक क्याम्पस प्रमुख तथा विभागीय प्रमुख रहेका बेला उनले हाडजोर्नि विषयमा चौथो वर्ष अध्ययनरत विद्यार्थीलाई  राम्रो नम्बर ल्याउँदा पनि  प्रयोगात्मक परीक्षामा फेल गराएको आरोप  विद्यार्थीहरूले उनीमाथि लगाएका छन्। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register