प्याब्सन अध्यक्षमा अधिकारी निर्विरोध, अन्यमा सहमतिको प्रयास जारी  

काठमाडौं ।  प्याब्सन अध्यक्षमा कृष्ण अधिकारी निर्विरोध निर्वाचित भएका छन्  । आजबाट सुरु भएको १६ औं महाअधिवेशनको अघिल्लो दिन हिजो आइतबार उनलाई सर्वसम्मत  बनाएको हो ।  अधिकारीलाई अध्यक्ष डिके ढुंगाना र प्रमुख सल्लाहकार टीका पुरीले सहमति गर्न मुख्य भूमिका खेलेका थिए । आइतबार ललितपुर स्थित हिमालय होटलमा भएको लामो वार्तापछि उम्मेदवारी दिएका दुई अध्यक्षबीच सहमति […]

Mar 10, 2025 - 11:41
 0
प्याब्सन अध्यक्षमा अधिकारी निर्विरोध, अन्यमा सहमतिको प्रयास जारी  

काठमाडौं ।

 प्याब्सन अध्यक्षमा कृष्ण अधिकारी निर्विरोध निर्वाचित भएका छन्  । आजबाट सुरु भएको १६ औं महाअधिवेशनको अघिल्लो दिन हिजो आइतबार उनलाई सर्वसम्मत  बनाएको हो ।  अधिकारीलाई अध्यक्ष डिके ढुंगाना र प्रमुख सल्लाहकार टीका पुरीले सहमति गर्न मुख्य भूमिका खेलेका थिए । आइतबार ललितपुर स्थित हिमालय होटलमा भएको लामो वार्तापछि उम्मेदवारी दिएका दुई अध्यक्षबीच सहमति भएको हो । 

 अधिकारीलाई अध्यक्षमा निर्विरोध बनाउन सोही पदको प्रत्यासी  गोपेन्द्र केसरी न्यौपानेले उम्मेद्धारी फिर्ता लिएपछि अधिकारी निर्विरोध भएका हुन् । अन्य पदमा सहमतिको प्रयास जारी रहेको छ । आज उद्घाटनसत्र सकिएपछि सहमतिको प्रक्रिया सुरु हुनेछ । 

पूर्वअध्यक्ष उमेश श्रेष्ठले सहमतिबाटै अन्यपदमा टुंगो लगाइने बताए । केहीदिनअघि अध्यक्ष , सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, र कोषाध्यक्षमा सहमति भएको थियो । सहमति भएको केही समयपछि नै केही पदाधिकारीले मनोनयन सुरु गरेका थिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register