नागरिक राज्यसँग आतंकित भएर बाँच्नु परेको छ : सुनिता बराल

Jun 19, 2023 - 05:17
 0
नागरिक राज्यसँग आतंकित भएर बाँच्नु परेको छ : सुनिता बराल
नागरिक राज्यसँग आतंकित भएर बाँच्नु परेको छ : सुनिता बराल

काठमाडौं । प्रतिनिधि सभा सदस्य सुनिता बरालले लोकतन्त्र प्रणाली मात्र नभएर अभ्यास पनि भएको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै बरालले देश लोकतान्त्रिक प्रणालीमा भए पनि नागरिकले त्यसको अनुभूति गर्न नपाएको बताउनुभयो । ‘लोकतान्त्रिक अभ्यासमा आज हामी छौँ, तर सरकारसँग देशसँग, राज्यसँग नेपाली जनता आक्रान्त हुनु परेको छ, आतंकित हुनु परेको छ र त्रसित भएर बाँचिरहनु परेको छ’, बरालले भन्नुभयो । 

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न बनाएर फाल्ने नेविसंघका कार्यकर्ता माथि लगाएको मुद्दा फिर्ता लिएर सरकारले राज्य आतंक मच्चाएको उहाँले बताउनुभयो । ‘अब के सरकारले सबै न्यायालय बन्द गर्न खोजेको हो ? अब के सरकारले कोही पनि नेपाली जनतालाई परेको समस्यामा राज्य छैन भन्ने कुराको सन्देश दिन खोजेको हो ? कुनै पनि पेसा व्यवसायसँग सम्बन्धित व्यक्ति अब आफ्नो कार्य क्षेत्रमा जानु पर्ने कि नपर्ने ?’, उहाँले प्रश्न गर्नुभयो । 

विश्व विद्यालयमा पठन पाठन सुचारु हुनु पर्छ भन्ने उपप्राध्यापकलाई मरणासन्न बनाइएको भन्दै बरालले त्यस्तो घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्नुको सट्टा छाड्ने कार्यले दण्डहीनताको अवस्था सिर्जना भएको बताउनुभयो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1