रवि लामिछानेविरुद्ध थुनछेक बहस जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । न्यायाधीश पल्हादकुमार योगीको एकल इजलासमा बहस जारी रहेको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए । लामिछाने बुधबार कार्यालय खुलेलगत्तै अदालतमा उपस्थित भएका थिए । बुधबार नै उनको बयान सकिएको थियो । थुनछेक बहस सकिएपछि पूर्वउपप्रधान […]

Jan 23, 2025 - 06:16
 0
रवि लामिछानेविरुद्ध थुनछेक बहस जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ ।

न्यायाधीश पल्हादकुमार योगीको एकल इजलासमा बहस जारी रहेको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।

लामिछाने बुधबार कार्यालय खुलेलगत्तै अदालतमा उपस्थित भएका थिए । बुधबार नै उनको बयान सकिएको थियो ।

थुनछेक बहस सकिएपछि पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्नेमध्ये एउटा आदेश हुनेछ ।

रकम अपचलनमा प्रतिवादी बनाइएका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई बुधबार पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मा लगाइएको थियो ।

सुप्रिम सहकारी संस्थाको रकम ठगी प्रकरणमा लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो  । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register