अबदेखि ट्राफिक प्रहरीले सवारीसाधनको चाबी थुत्न नपाउने ! 

काठमाडौँ । अबदेखि ट्राफिक प्रहरीले सवारीसाधनको चाबी थुत्न नपाउने भएका छन् । ट्राफिक प्रहरीले चाबी थुत्न नपाउने आदेशको माग गर्दै अदालतमा परेको निवेदनको सुनुवाइ गर्दै उच्च अदालत पाटनले ट्राफिक प्रहरीलाई सवारीसाधनको चाबी नथुत्न आदेश दिएको हो ।  अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले सवारी जाँचका क्रममा सवारीसाधनको चाबी नथुत्न निर्देशनात्मक आदेश दिएको […]

Jan 23, 2025 - 08:13
 0
अबदेखि ट्राफिक प्रहरीले सवारीसाधनको चाबी थुत्न नपाउने ! 

काठमाडौँ । अबदेखि ट्राफिक प्रहरीले सवारीसाधनको चाबी थुत्न नपाउने भएका छन् । ट्राफिक प्रहरीले चाबी थुत्न नपाउने आदेशको माग गर्दै अदालतमा परेको निवेदनको सुनुवाइ गर्दै उच्च अदालत पाटनले ट्राफिक प्रहरीलाई सवारीसाधनको चाबी नथुत्न आदेश दिएको हो । 

अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले सवारी जाँचका क्रममा सवारीसाधनको चाबी नथुत्न निर्देशनात्मक आदेश दिएको हो ।

योसँगै अब ट्राफिक प्रहरीले चेकिङ्गका क्रममा सवारीसाधनको चाबी थुत्न नपाउने भएका छन् । यसअघि चेकजाँचका क्रममा ट्राफिक प्रहरीले सिधै सवारीसाधनको चाबी थुतेर सर्वसाधारणलाई दुःख दिएको गुनासो व्यापक आउने गरेको थियो । 

नागरिकको व्यापक गुनासो र चर्को विरोधबीच गत कार्तिक ११ गते उच्च अदालत पाटनमा ट्राफिक प्रहरीले सवारीसाधनको चाबी खोस्ने कार्यविरुद्ध रिट विवेक चौधरीले रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै अदालतले अबदेखि ट्राफिक प्रहरीले सवारीसाधनको चाबी थुत्न नपाउने आदेश जारी गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register