इसेवाबाट ग्राहकको ५४ करोड चोरी !, चोरीको पैसाले चोरले किने घरगाडी, क्रिप्टोमा पनि लगानी

काठमाडौँ । इसेवा वालेटबाट करोडौँ ठगी गर्ने गिरोह पक्राउ परेको छ । प्रहरीले कैलालीका माइकल चौधरी, अनिल विश्वकर्मा, पीयूष श्रेष्ठ, अश्विसन चौलागाईं, सत्यम् सहनी, रोशन कुमार र मुन्ना कुमारलाई पक्राउ गरेको हो ।  इसेवा लगायतका मोबाइल वालेटबाट रकम चोरी भएको व्यापक गुनासोपछि अनुसन्धान गर्दै जाँदा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ […]

Jan 24, 2025 - 02:28
 0
इसेवाबाट ग्राहकको ५४ करोड चोरी !, चोरीको पैसाले चोरले किने घरगाडी, क्रिप्टोमा पनि लगानी

काठमाडौँ । इसेवा वालेटबाट करोडौँ ठगी गर्ने गिरोह पक्राउ परेको छ । प्रहरीले कैलालीका माइकल चौधरी, अनिल विश्वकर्मा, पीयूष श्रेष्ठ, अश्विसन चौलागाईं, सत्यम् सहनी, रोशन कुमार र मुन्ना कुमारलाई पक्राउ गरेको हो । 

इसेवा लगायतका मोबाइल वालेटबाट रकम चोरी भएको व्यापक गुनासोपछि अनुसन्धान गर्दै जाँदा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । 

उनीहरुले ‘इसेवाको आधिकारिक मान्छे हूँ’ भन्दै सिस्टम अपडेटका नाममा ओटिपी मागेर वालेटबाट पैसा चोरी गर्दै आएको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार यसरी उनीहरुबाट ठगिनेहरुमा सरकारी सेवाका कर्मचारी र चिकित्सकसम्म छन् । 

सीआईबीका अनुसार उक्त ठगी गिरोहका नाइके माइकल चौधरी हुन् । २२ वर्षीय माइकल आईटीका विद्यार्थीसमेत हुन् । उनले यसरी गरिएको ठगीबाट घर र गाडीसमेत किनेको भेटिएको सीआईबीले जनाएको छ । अन्यले भने उनलाई उक्त ठगीमा सघाएको सीआईबीले जनाएको छ । यति मात्र होइन, माइकलको बाइनान्स एपमा ५४ करोड बराबरको मौज्दात देखिएको छ । उक्त रकम पनि यसरी नै गरिएको ठगीबाट आएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

अनुसन्धानका क्रममा उनीहरुले यसरी ठगेको रकम क्रिप्टो मुद्रामा लगानी गरेको पाइएको छ । ठगी गर्नकै लागि उनीहरुले नक्कली कागजपत्रका आधारमा करिब ४० वटा सिमकार्ड निकालेको समेत सीआईबीले जनाएको छ । पक्राउ परेकाहरुमाथि ठगी तथा क्रिप्टो कारोबार कसुरमा पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुईजना भारतीय नागरिकको भने हुन्डी लगायत अन्य आर्थिक अपराधमा समेत कनेक्सन देखिएको सीआईबीले जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register