फर्स्ट माइक्रोफाइनान्सको नाफासँगै इपिएस पनि घट्यो

काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा घटेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा ३८.४१ प्रतिशतले घटेको हो । यसअवधिमा लघुवित्तले ५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा ८ करोड ४९ लाख रुपैयाँ खुद नाफा […]

Jan 24, 2025 - 03:58
 0
फर्स्ट माइक्रोफाइनान्सको नाफासँगै इपिएस पनि घट्यो

काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा घटेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा ३८.४१ प्रतिशतले घटेको हो । यसअवधिमा लघुवित्तले ५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा ८ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी २७.५६ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिसन आम्दानी ८६.२६ प्रतिशतले घटेको छ । 

लघुवित्तको खुद ब्याज आम्दानी घटेकै कारण नाफा घटेको हो । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ३१.७५ प्रतिशत र सञ्चालन मुनाफा ४३.३८ प्रतिशतले घटेको छ । 

समीक्षा अवधिमा लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी (इपिएस) पनि घटेको छ । यसअवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपैयाँ ९८ पैसा घटेर ७ रुपैयाँ ७८ पैसामा झरेको छ । पुष मसान्तसम्म लघुवित्तको प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ३३ पैसा छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ९४.४७ गुणा रहेको छ भने निष्क्रिय कर्जा २.८७ प्रतिशतबाट बढेर ४.४४ प्रतिशत पुगेको छ ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपैयाँ ९८ पैसा घटेर ७ रुपैयाँ ७८ पैसामा झरेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ९४.४७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ३३ पैसा रहेको छ। लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा २.८७ प्रतिशतबाट बढेर ४.४४ प्रतिशत पुगेको छ।

१ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३४ करोड ६ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा ३ करोड ९१ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८३ पैसा रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register