‘भिजिट भिसामा भ्रष्टाचार युवाहरुमाथि गरिएको लुट हो, गृहमन्त्रीले राजिनामा दिएर अनुसन्धानमा सघाउनुपर्छ’

काठमाडौँ । माओवादी केन्द्रका सांसद वर्षमान पुनले भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकको राजिनामा मागेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पुनले गृहमन्त्रीको राजिनामा मागेका हुन् ।  पुनले भिजिट भिसाका नाममा भएको भ्रष्टाचार समान्य भ्रष्टाचारको घटना नभएर वैदेशिक रोजगारीका लागि विदेश जान खोज्ने युवाहरु माथि गरिएको लुट र मानव तस्करी भएको बताएका […]

May 27, 2025 - 07:46
 0
‘भिजिट भिसामा भ्रष्टाचार युवाहरुमाथि गरिएको लुट हो, गृहमन्त्रीले राजिनामा दिएर अनुसन्धानमा सघाउनुपर्छ’

काठमाडौँ । माओवादी केन्द्रका सांसद वर्षमान पुनले भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकको राजिनामा मागेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पुनले गृहमन्त्रीको राजिनामा मागेका हुन् । 

पुनले भिजिट भिसाका नाममा भएको भ्रष्टाचार समान्य भ्रष्टाचारको घटना नभएर वैदेशिक रोजगारीका लागि विदेश जान खोज्ने युवाहरु माथि गरिएको लुट र मानव तस्करी भएको बताएका छन् । 

यस्तो जघन्य अपराधमा नाम मुछिएर पनि गृहमन्त्रीले पदबाट राजिनामा नदिनु दुःखद भएको भन्दै पुनले गृहमन्त्रीलाई पदबाट राजिनामा दिएर अनुसन्धानका लागि मार्ग प्रशस्त गर्न पनि सुझाव दिएका छन् । होइन भने, संसद्को कारवाही अघि बढ्न नदिने पुनले चेतावनी दिएका छन् । 

‘स्वयम गृहमन्त्रीज्युले नै सरुवा गर्नुभएको व्यक्ति कार्यालय प्रमुख रहेका छन् । उहाँको सचिवालय यसमा जोडिएको छ । अख्तियारले अपरेशन सुरु गरेको छ । उसलाई सानो माछा भनेर दुई दिनमै छोडिरहेको छ । ठुलो माछा को हो ?’, उनले भने, ‘अहिले नै हामी कसैलाई आरोपित गर्न चाहँदैनौँ । यसका लागि गृहमन्त्रीज्यूले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुस् भनेर हाम्रो विनम्र अनुरोध छ ।’

अख्तियारले भिजिट भिसामा सेटिङको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृतसहित चार जनालाई नियन्त्रणमा लिएर उनीहरुका विद्युतीय उपकरणहरु अनुसन्धानका लागि पठाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register