एपीएफले आर्मीलाई ६९ रनले हरायो

काठमाडौं । महिला प्रधानमन्त्री कप क्रिकेटको सुपर फोरमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा एपीएफले आर्मीलाई ६९ रनले पराजित गरेको हो । एपीएफले दिएको ११६ रनको लक्ष्य पछ्याएको आर्मीले पूरै १७ ओभर खेलेर ८ विकेटको क्षतिमा ४६ रन बनायो । आर्मीका लागि कप्तान लक्ष्मी साउदले १० […]

Jan 24, 2025 - 07:37
 0
एपीएफले आर्मीलाई ६९ रनले हरायो

काठमाडौं । महिला प्रधानमन्त्री कप क्रिकेटको सुपर फोरमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा एपीएफले आर्मीलाई ६९ रनले पराजित गरेको हो ।

एपीएफले दिएको ११६ रनको लक्ष्य पछ्याएको आर्मीले पूरै १७ ओभर खेलेर ८ विकेटको क्षतिमा ४६ रन बनायो ।

आर्मीका लागि कप्तान लक्ष्मी साउदले १० र राधिका पुजाराले १७ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

एपीएफका लागि रेखा रावलले ४ विकेट लिइन् । सबनम राईले २ र कप्तान इन्दु बर्माले १ विकेट लिए ।

यसअघि एपीएफले निर्धारित १७ ओभरमा ३ विकेटको क्षतिमा ११५ रन बनाएको थियो ।

एपीएफका लागि राजमती ऐरीले ३५ रन बनाइन्। कविता जोशी ३४ र कप्तान इन्दु बर्मा १८ रनमा अविजित रहिन् । ममता चौधरीले ११ र रोमा थापाले ७ रन बनाइन् ।

आर्मीका लागि सुस्मिता भुसालले २ तथा ईश्वरी विष्टले १ विकेट लिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register